© 2026
काठमाडौं, ९ माघ ।
नेपालले सुरूवातमा राम्रो प्रदर्शन गरेको छ।
टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भएको छ।
कप्तान पुजा महतोले तीनै विकेट लिदा अष्ट्रेलियाले जम्मा २० रन मात्र जोडेको छ।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिलो फिल्डिङ गरेको हो।
मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिइन्।
नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ। अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच रन र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो।