ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

एच.पि.भी. खोप अभियान सबै मिलेर सफल पारौं

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रूपमा २०८१ माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन गर्न लागेको छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्यायन अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी निशुल्करूपमा राष्ट्रिय खोप अभियान संचालन हुँदैछ । महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोग बाट भबिष्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि सवैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भनिन्छ नि ‘रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस’ ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट संचालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिएको छ । त्यसैले एच.पि.भी.खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्मको महान अभियानमा सम्पूर्ण सरोकारवालाहरू सहभागी भई सफल बनाउनु हामी सबैको दायित्व र कर्तब्य हुनेछ ।

एच.पि.भी.एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ भने यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्यगरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।

एच.पि.भी.खोपको महत्वः
खोप निशुल्क पाईन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समाबेश गरी किशोरीहरूलाई दिदैं आईरहेको छ । त्यसैले यसको प्रभावकारीता शत प्रतिसतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरू र बिद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मुख्यतः विद्यालय केन्द्रित खोपकेन्द्रबाट एच.पि.भी. खोप दिईदैंछ । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पु¥याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ ।

१) १० देखि १४ वर्ष उमेर भित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने ।
              २) ३० देखि ४९ वर्ष उमेरका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रिनिङ्ग) गर्ने ।
              ३) पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने ।

एच.पि.भी.खोप खभियान २०८१ देशैभरी एकैसाथ २०८१ माघ २२ गते देखि फागुन ६ गतेसम्म संचालन हुने भएकोले आ–आफ्नो पायक पर्ने टोलका बिद्यालयमा कहिले चल्दै छ भनेर स्वास्थ्यकर्मी, सामुदायीक महिला स्वास्थ्यस्वयंसेविका, विद्यालय नर्स, बिद्यालयका शिक्षक, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूलाई सोधेर जानकारी लिऔं । अभियानमा कोही नछुटौं । यो बर्ष कक्षा ६ देखि १० सम्मका छात्राहरू र बिधालय नजाने १० वर्षदेखि १४ बर्ष सम्मका किशोरीहरूलाई दिन लागिएको एच.पि.भी. खोप एक मात्रा लगाए पुग्दछ । किशोरीहरू महिनावारी भएको बेलापनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन । खोप लगाउदैंमा महिनावारी छिटो शुरु हुने वा ढिलो हुने केही हुदैन । त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं । कोही नदाहोरिऔं । यसरी नेपाल सरकारबाट अयिानको रूपमा निशुल्क बितरण गरिएका सबै महत्वपूर्ण खोपलाई प्रत्येक बालबालिकाका, अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ–आफ्ना बालिकाहरूलाई घातक रोगबाट बचाऔं ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?