ट्रेंडिंग:

>> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु

९औं चन्द्रौटा महोत्सवको तयारी पूरा, मन्त्री अधिकारीले उद्घाटन गर्ने

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), ८ माघ ।

९औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०८१ को तयारी पूरा भएको छ। व्यापार संघ कपिलवस्तुको आयोजनामा “कृषि, पर्यटन, उद्योग र व्यापार: स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो। मंगलबार पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन्।

बुधबारबाट सञ्चालन हुने महोत्सवको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने जनाइएको छ। आर्थिक गतिविधिलाई चलायमान बनाउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको संयोजक महादेव पोख्रेलले जानकारी दिए। उनका अनुसार माघ ९ गते उद्घाटन हुने महोत्सवमा २ सय भन्दा बढी स्टल रहनेछन्।

महोत्सवमा कृषिजन्य उत्पादन, उद्योग, व्यापार, कला–संस्कृति, र शैक्षिक प्रदर्शनीजस्ता स्टल राखिनेछन्। स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सवमा कृषिजन्य सामग्रीको प्रतिस्पर्धा पनि हुनेछ। महोत्सवको उद्घाटनमा अहिले सम्मकै नमुना यात्रा आयोजना हुनेछ।

महोत्सवका मुख्य आकर्षणमा चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूहस्तरीय डोरी तान प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुती र दैनिक योग शिविर रहेका छन्। आयोजकले ३ लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखेका छन्।

स्थानीय कला, संस्कृति र जातीय पहिचान झल्काउने वस्तुका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको स्टल संयोजक नवराज न्यौपानेले बताए। महोत्सवलाई व्यवस्थित र सफल बनाउन सञ्चार जगतको पूर्ण साथ रहने पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोवीले प्रतिबद्धता जनाए।

महासचिव गोपाल बन्जाडेले महोत्सवले आर्थिक, सांस्कृतिक, र सामाजिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको बताए। महोत्सव माघ २० सम्म गते सञ्चालन हुने बताउँदै विगतका महोत्सवभन्दा यतिबेलाको महोत्सवलाई फरकपन दिन खोजिएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?