Butwal Today

दाङमा घरको छतबाट खसेर एकजनाको मृत्यु

८ माघ २०८१, मंगलवार
अ+
अ-

दाङ, ८ माघ ।

दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ बनहरीस्थित घरको दुइतला माथीबाट खसेर चौधरी गम्भिर घाइते भएका थिए । गम्भिर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।