Butwal Today

छिल्लीकाेटका विद्यार्थीले पाए न्यानाे कपडा

८ माघ २०८१, मंगलवार
अ+
अ-
दाङ,८ ,माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ वडा कार्यालयले  गणेश प्रावि तिनुखाेला छिल्लीकाेटका विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलका अनुसार  गणेश प्रावि तिनुखाेलाका ४६ जना विद्यार्थीलाई वितरण गरिएकाे हाे । वडा सदस्यहरु पूर्णबहादुर बुढाथाेकी,तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले  दूर्गम स्थानमा रहेकाे  विद्यालयमा न्यानाे कपडा  वितरणले विद्यार्थी आकर्षण बढेकाे बताए  ।
न्यानाे कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन,विव्यस सदस्य टाेपबहादुर विक लगाएतले धारणा राखेका थिए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?