Butwal Today

खुमलटार छैटौं खेलमा पनि पराजित, थ्री स्टारसँग फराकिलो हार

८ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, ८माघ ।

खुमलटारले छैटौं खेलमा पनि पराजित भएको छ।

थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार एफसीले ५–१ को जित दर्ता गरेपछि खुमलटारको छैटौं हार भएको हो।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र सुमीत बलम्पाकीले गोल गरेका थिए। खुमलटारका लागि सुवास मगरले मात्रै गोल फर्काएका थिए।

इन्जुरी समयमा सुवासले पेनाल्टीमार्फत गरेको गोल खुमलटारका लागि सान्त्वना बन्यो। साथै, इन्जुरी समयमै सुमीतले गोल गर्दै थ्री स्टारलाई सानदार र फराकिलो जित दिलाएका हुन्।

जितसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ, छैटौं हार बेहोरेको खुमलटार भने अंकविहिनको अवस्थामा छ।