© २०२३
चन्द्रौटा, ०८ माघ ।
थारु बाहुल्य रहेको क्षेत्रमा माघ लागेपछि प्रायः माघी (खिचडी) महोत्सव लाग्ने गर्दछ । जसमध्ये कपिलवस्तु पनि थारु बाहुल्य क्षेत्रको एक अंश हो । यस्तै जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा हालै माघी महोत्सव सकिएको छ । “हम्मन संस्कृति हम्मनके शान थारु, संस्कृति प्रर्वद्धन कएना हम्मन अभियान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन भएको हो । यो नाराले समुदायको हक हितका लागि सार्थकता पाएको अगुवाहरूको भनाइ छ ।
यस्तै शिवराज नगर स्तरीय माघ १ गतेदेखि ३ गते सम्म सञ्चालन भएको महोत्सवले सार्थकता पाएको थारु कल्याणकारीणी सभा कपिलवस्तुका सभापति तथा थारु संग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताए । थारु सुमदायको ऐतिहासिक व्यानरसहित थारु परम्परागत नृत्य प्रस्तुतिको आधारमा माघी (खिचडी) महोत्सव उत्कृष्ट रहेको उनले जिकिर गरे । थारु कला, भेषभुषा लगायत शिक्षासँगै हरेक पक्षमा समुदाय विकास हुना आवश्यक रहेको उनी बताउँछन् ।
महोत्सव संयोजक प्रकाश थारु र सहसंयोजक हरि चौधरीको नेतृत्वमा शिवराज नगरपालिका वडा नम्बर–१ उमरीस्थित थारु संग्रहालयको प्राङ्गणमा चौथो महोत्सव २६४८ भव्य रूपमा सफल भएको संयोजक थारुले बताए । थारु कल्याणकारिणी सभा (थाकस) शिवराज नगर समिति र थारु संग्रहालयको संयुक्त आयोजनामा भएको महोत्सवमा हरेक तवरले सहयोग गर्ने सम्पूर्णलाई संयोजक थारुले धन्यवाद व्यक्त गरे । तीन दिनसम्म संचालन भएको माघी महोत्सवमा १५ हजार दर्शकले अवलोकन गरेका थिए । भने १२ लाखको कारोबार भएको अनुमान गरिएको आयोजकले जनाएको छ ।
अहोरात्र खटेर माघी महोत्सवलाई सफल बनाएको थारु समुदायका अगुवा तथा शिवराज नगर बरघरका अध्यक्ष प्रभु थारुले बताए । महोत्समा थारु सांस्कृतिक प्रदर्शन, थारु समुदायका परम्परागत कलाभेषभूषा, परिकार, पहिरन र झाँकीहरूको प्रदर्शन गरिएक थियो । महोत्सवमा शिवराज नगरपालिकाका ३६ गाउँका बरघर (थारु गाउँका अगुवा) लाई विशेष सम्मान गरिएको थियो ।
बनकटवा गाउँ समाजद्वारा आकर्षक झाँकी ¥याली, उत्तर रहटकोल गाउँ समाजद्वारा आकर्षक नृत्य प्रदर्शन र रमदहवा गाउँ समाजद्वारा परम्परागत साँस्कृतिक नाचलाई नगदसहित सम्मान पत्रले सम्मान संयोजक थारुले जानकारी दिए । महोत्सवमा राष्ट्रिय चर्चित गायक राज कुश्मी र गायिका सोनु कुश्मी, श्रीनिवास थारु, खेम चौधरीसहित स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो ।
महोत्सव सहसंयोजक हरि चौधरीले समुदायको नेतृत्व तहमा भूमिका खेल्न पाउँदा हर्षित भएको बताए । उनले देशव्यापी रूपमा यसलाई मुख्य आर्कषणको रूपमा रहेको २०० जनाको सामूहिक नृत्यमा प्रमुख भूमिका खेल्ने सांस्कृतिक संयोजक अक्षय थारुसहित हरेक तवरले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । यस्तै थाकस कपिलवस्तु जिल्ला सभापति पवन कुमार थारुले जिल्ला भरि थाकसले हरेक क्षेत्रमा सकरात्मक प्रभाव पारेको बताए । आर्थिक, सामाजिक, राजनैतिक, संस्कृतिक विकास गर्ने मुख्य उद्देश्य रहेको उनल् जनाए । जसमध्ये सांस्कृतिक उद्देश्य विकासमा करिब पुरा भएको थारुले बताए ।