ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

शिक्षालाई प्रविधि, सीपयुक्त र ब्यवहारिक बनाउन सुझाव

कालिका मानवज्ञान माबिमा संघिय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सुझाव संकलन
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

बुटवल, ७ माघ । संघीय प्रतिनिधी सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति सहितको सदस्यहरुले देशकै ठुलो सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि अवलोकन गरेका छन् । सरकारले ल्याउन लागेको शिक्षा बिधेयक उपर सुझाव संकलनको लागि लुम्बिनी प्रदेश आएको समितिका सभापति अम्मर बहादुर थापा सहितका संघीय सांसदहरुको समुहले बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान माविको अध्यायन, अवलोकन तथा सुझाव संकलन गरेका हुन ।

विद्यालयमा आयोजित कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दैै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले अबको शिक्षा सम्बन्धी ऐनमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्नको लागि आग्रह गरे । विद्यालयमा साढे ७ हजार ७ सय ५० जना विद्यार्थी अहिले रहेको विद्यालयमा सरकारी दरबन्दीको ज्यादै न्युन भएको उनले दुखेसो गरे । उनले हाल विद्यालयमा स्वीकृत दरबन्दी जम्मा ४६ जना, राहत ८ जना, प्राविधिक ८ जना गरी जम्मा ६२ जानको मात्रै शिक्षक दरबन्दी रहेकोमा विद्यालय स्रोतबाट मात्रै २ सय ८५ जना शिक्षक कर्मचारीको व्यवस्थापन गरिएको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक थापाले भने– ‘शिक्षाको गुणस्तर सुधारको लागि व्यवहारिक, प्राविधिक सीप सहितको शिक्षामा हामी जोड दिएका छौ, अभिभावकको सहयोगबाट कहिलेसम्म शिक्षक धान्ने हो, यो चिन्ताको विषय रहेको छ ।’

कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले अवको शिक्षा प्रविधि, सीपयुक्त बनाउनुपर्नेको विकल्प नभएको बताए । उनले अहिलेको वर्तमान परिवेश अनुसार विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी सहितका योजना ल्याउनुपर्नेमा आफ्नो दुईमत नभएको बताएका थिए । उनले भने–‘सामान्य छलफलबाट समस्या समाधान गर्न सकिन्थ्यो, तर हामी यसको गरेका छैनौ, यो रोजगारमुलक शिक्षा कसरी बनाउने भन्नेमा हामी छौ । विधेयकलाई समृद्धि बनाउनको लागि यो शिक्षा विधेयक चाहिन्छ ।’ अहिलेको शिक्षाबाट देश पार नलाग्ने भन्दै उनले कि त संविधान नै नमान्नुपर्ने, की त शिक्षा सुधार गर्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले अबको शिक्षा प्रणाली, व्यवहारिक सीप, संस्कार सहितको आवश्यक रहेको भन्दै विद्यालय लगायतका अस्पताल निर्माणको लागि वनको जग्गा ९९ बर्षको लागि लिजमा दिने गरी सोही प्रकृतिको शिक्षा, स्वाथ्य, ऐन आउनुपर्नेमा जोड दिए । उनले विद्यार्थीको संख्याको आधारमा विद्यालयमा दरबन्दी कायम गर्नुपर्ने भन्दै सोही अनुसार नभएमा अवको शिक्षा सुधार हुन नसक्ने बताएका थिए । उनले भने–‘कसैका छोरा, बुहारीलाई जागिर घरपायक मिलाउनको लागि विद्यार्थी संख्या नै नभएको स्थानमा शिक्षक दरबन्दी कायम गरिएको छ, जुन सरासर गलत छ, जहाँ विद्यार्थीको माग बढि छ, संख्या बढि छ, त्यहाँ दरबन्दी नै छैनन, जसको कारण शिक्षाको विकास परिकल्पना गर्न सकिदैन ।’

नगरप्रमुख पाण्डेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति सहितका सदस्यहरुलाई अविलम्ब शिक्षा विधेयकमा संसोधन गरी दरबन्दी विद्यार्थीको संख्याको आधारमा मिलान गर्नुपर्ने, विद्यार्थी नभएको स्थानबाट दरबन्दी कटौती गर्ने गरी ल्याउनको विकल्प नभएको बताएका थिए । उनले बुटवलको शिक्षाका पुर्वाधार विकासको लागि १ अर्व रुपैयाँ आवश्यक रहेको भन्दै त्यसको व्यवस्थापनको लागि संघीय सरकार संग माग समेत गरे ।
कार्यक्रममा कालिका मानवज्ञान माविका पुर्व प्रधानाध्यापक तथा शैक्षिक सल्लाहकार घनश्याम पाठकलले अबको शिक्षा ऐनले शिक्षकको हरेक माग सम्बोधन गर्ने गरी विद्यालय व्यवस्थापन समितिबाट नियुक्ती भएका सबै शिक्षकहरुको भविश्य ग्यारेन्टी हुने खालको आउनुपर्नेमा जोड दिएका थिए । उनले विधेयक बनाउँदा, ऐन निर्माण गर्दा विज्ञहरु भन्दा पनि शिक्षक, विद्यार्थीहरुको विचमा, शिक्षकहरुको सहभागीतामा बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष नित्यान्द ज्ञवालीले शिक्षा विधेयक माथि सबैको साझा हुने गरी छलफल गरेर साझा ऐन आउनुपर्नेमा जोड दिए । समितिका सदस्यहरु डा. तोसीमा कार्की, छविलाल विश्वकर्मा, रेखा शर्मा, ईश्वरी घर्ती, उर्मिला थेबे, कालुराम राई, डा. चन्द्रकान्त भण्डारी, डिग बहादुर लिम्बु, दिपा शर्मा, नोरमा शेरचन, सरिता भुसाल,. सुमना श्रेष्ठ सहित २३ जनाको समिति रहेको छ । जसमा प्रतिनिधीमुलक रुपमा प्रदेशमा समितिका सदस्यहरु सुझाव संकलनको लागि आएका हुन । सोही कार्यक्रममा विद्यालयका शिक्षक युवराज कण्डेल, कृष्ण प्रसाद गौतमसहित विद्यार्थीहरुले समेत लिखित रुपमा शिक्षा सुधारको लागि पत्र प्रदान गरेका थिए । विद्यार्थीहरुले पुर्व मन्त्री तथा समितिका सदस्य डा. तोशीमा कार्कीलाई सुझाव सहितको चिठ्ठी समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?