© २०२३
उदयपुर, ८ माघ।
अबैध लागु औषधसहित ३ जना पक्राउ परेका छन्।
चौदण्डीगढी नगरपालिका–३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागु औषध गाँजा लगभग ५ किलो ९ सय ९० ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको हो।
त्यसैगरी, झापा गाउँपालिका–१ लसुनाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित पाँचथर फिदिम नगरपालिका–४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा र उनका सहयात्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
अर्को घटनामा, झापा गाउँपालिका–५ पन्थपडाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने १० ग्राम १५ मिलिग्राम पदार्थसहित अर्जुनधारा नगरपालिका–५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन राजबंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।