दाङ,८ ,माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ वडा कार्यालयले गणेश प्रावि तिनुखाेला छिल्लीकाेटका विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलका अनुसार गणेश प्रावि तिनुखाेलाका ४६ जना विद्यार्थीलाई वितरण गरिएकाे हाे । वडा सदस्यहरु पूर्णबहादुर बुढाथाेकी,तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले दूर्गम स्थानमा रहेकाे विद्यालयमा न्यानाे कपडा वितरणले विद्यार्थी आकर्षण बढेकाे बताए ।
न्यानाे कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन,विव्यस सदस्य टाेपबहादुर विक लगाएतले धारणा राखेका थिए ।।।