© 2026
गुल्मी, ८ माघ ।
गुल्मीको मालिका गाउँपालिका-८ कालीमाटीमा ६० वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलका अनुसार, मृतकको शव घटनास्थलमा पाइएको हो।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा टोली खटाइएको छ।
घटना शंकास्पद भएको कारण थप अनुसन्धानका लागि एसपी राजन भुजेलसहितको टोली पनि घटनास्थलतर्फ गएका छन्।