Butwal Today

उजुरी माथि छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

८ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि एक उपसमिति गठन गरेको छ।

कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो।

मंगलवार सार्वजनिक गरिएको १०० उजुरीबारे छानबिन गर्नका लागि समितिले ७ दिनको समयसीमा तोकेर उपसमिति गठनको घोषणा गरेको छ।

गौतमको संयोजकत्वमा गठन भएको उपसमितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्यका रूपमा समावेश गरिएको जानकारी प्राप्त भएको छ।