Butwal Today

आप्रवासी प्रति अनुदार ट्रम्पका दुइ श्रीमती: पहिलो चेकोस्लोभाकियाकी, दोस्रो स्लोभेनियाली

८ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, ८ माघ।

अमेरिकाका ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको शपथ लिएका छन्।

उनी आप्रवासी र प्रवासीहरूको विषयमा अनुदार दृष्टिकोण देखिएका छन्। राष्ट्रपति पदमा निर्वाचित भएपछि, उनले मेक्सिकोसँगको दक्षिणी सिमानामा संकटकाल घोषणा गरेका छन् र अबैध आप्रवासीलाइ देश निकाला गर्ने घोषणा समेत गरेका छन्।

शपथ ग्रहण पश्चात् ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन भन्दा बढी घोषणाहरू गरे, जसमा अबैध आप्रवासीलाइ देश निकाला गर्ने, मेक्सिको सिमानामा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, र देशमा तेल र ग्याँस उत्पादन बढाउने जस्ता कुरा समावेश थिए।

ट्रम्पको वैवाहिक जीवन पनि धेरै रोचक छ। उनी आप्रवासी र प्रवासी प्रति अनुदार देखिए पनि उनकी पहिलो श्रीमती चेकोस्लोभाकियाकी थिइन्। भ्यानिटी फेयर म्यागजिनका अनुसार यो त्यो ठाउँ थियो जहाँ मोडलहरूले धनी पुरुषहरूलाई डेट गर्न खोज्थे। एक साँझ ट्रम्प त्यस बारमा आए र उनले चेकोस्लोभाकियाकी मोडेल इवाना हड्डलको नजरमा परे।

ट्रम्पले इवानालाई १०० गुलाब पठाए र बाहिर घुम्न लगे। इवानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’मा लेखेकी छिन् कि ट्रम्पले उनलाई तीन महिनासम्म हरेक दिन फोन गरे र दुवैले एकअर्कासँग लामो समयसम्म डेटिङ गरेका थिए।

१९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इवानालाई विवाहको प्रस्ताव राखे। ट्रम्पले भने, “यदि तिमीले मसँग विवाह गरिन् भने तिमीले आफ्नो जीवन बर्बाद गर्न खोज्छौं।” इवाना विवाहमा सहमत भइन् र उनीहरूको विवाह ९ अप्रिल १९७७ मा सम्पन्न भयो।

तर विवाहको आठ वर्ष पछि उनीहरूको सम्बन्धमा दरार आउन थाल्यो। १९८५ मा ट्रम्पले मोडल मार्ला म्यापल्सलाई भेटेका थिए र दुबैको अफेयर सुरु भयो। १९८९ मा, इवाना एस्पेन, कोलोराडोमा क्रिसमस बिदा मनाउन गइन्, र मार्ला म्यापल्स पनि त्यहाँ पुगिन्। मार्लाले इवानासँग आफ्नो परिचय दिँदै भनिन्, “म मार्ला हुँ, म तिमीले माया गर्छु। के तिमी पनि माया गर्छौ?”

यसपछि ट्रम्प र इभानाको झगडा सार्वजनिक भएको थियो। इवाना र ट्रम्पका बीचको कानूनी झगडा समेत समाचार बन्यो। इवानाले बलात्कारको आरोप पनि लगाइन्। अन्ततः उनीहरूको सम्बन्ध १९९० को डिसेम्बरमा टुट्यो।

दोस्रो विवाह:
इवाना र ट्रम्पको डिभोर्स पछि, ट्रम्पले मार्लासँग विवाह गरे। यो विवाह त्यतिबेला भएको थियो जब मार्ला ७ महिनाकी गर्भवती थिइन्। तर यो सम्बन्ध तीन वर्षपछि १९९७ मा समाप्त भयो।

तेस्रो विवाह:
ट्रम्प र मार्लाबीच सम्बन्धविच्छेदको प्रक्रियामा ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए। पहिलो भेट १९९८ मा न्यूयोर्कमा भएको थियो। २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई विवाहको प्रस्ताव राखेका थिए र २००५ मा उनीहरूको विवाह सम्पन्न भयो। मेलानिया र ट्रम्पको एक छोरा पनि छ, ब्यारोन ट्रम्प।

ट्रम्पको व्यक्तिगत जीवन विवादास्पद रहँदै आएको छ। न्युयोर्क टाइम्सका अनुसार उनले महिला र पुरुषसँग मात्रै नभएर पोर्न स्टारसँग पनि सम्बन्ध राखेका थिए। २७ महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका छन्।