ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

स्थानीय पर्यटन र साँस्कृतिक संरक्षणमा माघी महोत्सव

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

चन्द्रौटा, ०८ माघ ।
थारु बाहुल्य रहेको क्षेत्रमा माघ लागेपछि प्रायः माघी (खिचडी) महोत्सव लाग्ने गर्दछ । जसमध्ये कपिलवस्तु पनि थारु बाहुल्य क्षेत्रको एक अंश हो । यस्तै जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा हालै माघी महोत्सव सकिएको छ । “हम्मन संस्कृति हम्मनके शान थारु, संस्कृति प्रर्वद्धन कएना हम्मन अभियान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन भएको हो । यो नाराले समुदायको हक हितका लागि सार्थकता पाएको अगुवाहरूको भनाइ छ ।
यस्तै शिवराज नगर स्तरीय माघ १ गतेदेखि ३ गते सम्म सञ्चालन भएको महोत्सवले सार्थकता पाएको थारु कल्याणकारीणी सभा कपिलवस्तुका सभापति तथा थारु संग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताए । थारु सुमदायको ऐतिहासिक व्यानरसहित थारु परम्परागत नृत्य प्रस्तुतिको आधारमा माघी (खिचडी) महोत्सव उत्कृष्ट रहेको उनले जिकिर गरे । थारु कला, भेषभुषा लगायत शिक्षासँगै हरेक पक्षमा समुदाय विकास हुना आवश्यक रहेको उनी बताउँछन् ।
महोत्सव संयोजक प्रकाश थारु र सहसंयोजक हरि चौधरीको नेतृत्वमा शिवराज नगरपालिका वडा नम्बर–१ उमरीस्थित थारु संग्रहालयको प्राङ्गणमा चौथो महोत्सव २६४८ भव्य रूपमा सफल भएको संयोजक थारुले बताए । थारु कल्याणकारिणी सभा (थाकस) शिवराज नगर समिति र थारु संग्रहालयको संयुक्त आयोजनामा भएको महोत्सवमा हरेक तवरले सहयोग गर्ने सम्पूर्णलाई संयोजक थारुले धन्यवाद व्यक्त गरे । तीन दिनसम्म संचालन भएको माघी महोत्सवमा १५ हजार दर्शकले अवलोकन गरेका थिए । भने १२ लाखको कारोबार भएको अनुमान गरिएको आयोजकले जनाएको छ ।
अहोरात्र खटेर माघी महोत्सवलाई सफल बनाएको थारु समुदायका अगुवा तथा शिवराज नगर बरघरका अध्यक्ष प्रभु थारुले बताए । महोत्समा थारु सांस्कृतिक प्रदर्शन, थारु समुदायका परम्परागत कलाभेषभूषा, परिकार, पहिरन र झाँकीहरूको प्रदर्शन गरिएक थियो । महोत्सवमा शिवराज नगरपालिकाका ३६ गाउँका बरघर (थारु गाउँका अगुवा) लाई विशेष सम्मान गरिएको थियो ।

बनकटवा गाउँ समाजद्वारा आकर्षक झाँकी ¥याली, उत्तर रहटकोल गाउँ समाजद्वारा आकर्षक नृत्य प्रदर्शन र रमदहवा गाउँ समाजद्वारा परम्परागत साँस्कृतिक नाचलाई नगदसहित सम्मान पत्रले सम्मान संयोजक थारुले जानकारी दिए । महोत्सवमा राष्ट्रिय चर्चित गायक राज कुश्मी र गायिका सोनु कुश्मी, श्रीनिवास थारु, खेम चौधरीसहित स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो ।

महोत्सव सहसंयोजक हरि चौधरीले समुदायको नेतृत्व तहमा भूमिका खेल्न पाउँदा हर्षित भएको बताए । उनले देशव्यापी रूपमा यसलाई मुख्य आर्कषणको रूपमा रहेको २०० जनाको सामूहिक नृत्यमा प्रमुख भूमिका खेल्ने सांस्कृतिक संयोजक अक्षय थारुसहित हरेक तवरले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । यस्तै थाकस कपिलवस्तु जिल्ला सभापति पवन कुमार थारुले जिल्ला भरि थाकसले हरेक क्षेत्रमा सकरात्मक प्रभाव पारेको बताए । आर्थिक, सामाजिक, राजनैतिक, संस्कृतिक विकास गर्ने मुख्य उद्देश्य रहेको उनल् जनाए । जसमध्ये सांस्कृतिक उद्देश्य विकासमा करिब पुरा भएको थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?