Butwal Today

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

८ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, ८ माघ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जित निकालेको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जित निकालेको हो।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाएर पूरा गरेको हो।

पछिल्लो जितसँगै ३ खेलमा ४ अंक जोडेको आर्मीले समूह ‘बी’बाट सुपर फोरमा स्थानसमेत सुरक्षित गरेको छ। पहिलो पराजय बेहोरेको कोशीको पनि ४ अंक नै जोड्न सफल छ।

यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो भने कोशीले बागमती र मधेशलाई पराजित गरेर आर्मीसँग भिड्न आइपुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?