ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

किसानलाई वन्यजन्तुबाट भएको क्षतिको राहत

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

सल्यान, ०८ माघ ।
सल्यानका १०९ जना किसानहरूलाई बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण गरिएको छ । राहतको लागि निवेदन दिएका १११ किसानहरू मध्ये १०९ जनालाई बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका बमोजिम राहत वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

बाघको आक्रमणबाट १० जीउ बाख्राको क्षती व्यहोरेका एक जना किसानले एक लाख रूपैयाँ र मकै बालीमा जंगली बजावरबाट क्षती व्यहोरेका अरू १०८ जना किसानले पाँच हजार रूपैयाँको दरले राहत रकम प्राप्त गरेको वन अधिकृत अञ्जना शर्माले जानकारी दिइन् । निवेदन दिएका मध्ये दुई जनाको राहत रकम प्राप्त नभएको पनि उनले जनाइन् । एउटा बाघले मानिसलाई आक्रमण गरेको र अर्काे बाघले घोडा मारेको फाइलको राहत रकम नआएको उनको भनाइ छ ।
निर्देशिका बमोजिम प्रक्रियामा आएका पीडित किसानहरूलाई बालीको क्षति भएमा मूल्यांकनको आधारमा एक मौसममा लगाएको बालीको एकपटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा दश हजार रुपियाँसम्म राहत रकम उपलब्ध गराउने व्यवस्था रहेको छ । सो अनुसार मूल्यांकनको आधारमा राहतको लागि निवेदन दिएका छत्रेश्वरी गाउँपालिकाका १७ जना किसानहरूलाई आइतबार ५ हजार रूपैयाँको दरले राहत रकम उपलब्ध गराइएको हो । वडा नम्बर ५ मा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता तथा वडा नं.५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, डिभिजन वन कार्यालय सल्यानका वन अधिकृत अञ्जना शर्मा, छत्रेश्वरी सब डिभिजन वन कार्यालयका प्रमुख योन्जन दाहाल लगायतको उपस्थितिमा राहत रकम वितरण गरिएको हो ।

मकै बालीमा जंगली जनावर बँदेल, बाँदर, दुम्सी, खरायोले मकै बालीमा नोक्सानी गरेको निवेदन पछि गत साउन महिनामा गाउँपालिकाका उपाध्यक्ष खत्री सहित सम्बन्धित वडाका जनप्रतिनिधि, सब डिभिजन वन कार्यालय छत्रेश्वरीका कर्मचारी, कृषि विकास शाखा प्रमुख, प्रहरी लगायतको टोलीले किसानको बारीमा पुगेर क्षतिको बारे अवलोकन, अनुगमन गरेको थियो ।

निर्देशिका अनुसार बँदेल तथा बाँदरले बालीनालीमा क्षति गरेको ३५ दिन भित्र किसानले निवेदन दिनुपर्ने वन अधिकृत शर्माको भनाइ छ । जग्गाधनी प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सब डिभिजन वन कार्यालयको रोहबरमा प्रहरी मुचुल्का तथा बाली क्षतिको हकमा सम्बन्धीत स्थानीय तहको कृषि प्राविधिक र पशु क्षतिको हकमा पशु प्राविधिकको मूल्यांकन सिफारिस सहित डिभिजन बन कार्यालयमा निवेदन पेश गर्नुपर्ने उनको भनाई छ ।
निवेदन प्राप्त भइसकेपछि क्षती भएको सम्बन्धीत वडा अध्यक्ष, सम्बन्धीत प्राविधिक, सम्बन्धीत क्षेत्रको वन समूहको अध्यक्ष सहित जिल्लामा रहेको सिफारिस समितिले निर्णय गरेर प्रदेश वन निर्देशनालयमा फाइल पठाइसकेपछि आवश्यक प्रक्रिया पश्चात मात्र राहत रकम निकासा हुने शर्माको भनाइ छ ।

सल्यानका किसानले पछिल्ला केही वर्षदेखि बँदेल, दुम्सी, बाँदर लगायत वन्यजन्तुबाट क्षति व्यहोर्दे आएका छन् । बर्सेनि जिल्लामा वन्यजन्तुको आक्रमणबाट कृषिबाली नष्ट हुने क्रम बढिरहँदा किसानले भने उचीत राहत पनि प्राप्त नहुने र प्रक्रिया पनि झन्जटीलो रहेको गुनासो गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?