ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सरकारको पहलमाथि नागरिकको अपेक्षा

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि स्वास्थ्य क्षेत्रमा भैरहेको आमूल सुधारको प्रयासले आम नागरिकमा सरकारप्रति आशा जागृत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लिएको परिवर्तनको अठोट र प्रधानमन्त्री ओलीको त्यसमा दृढ समर्थनले स्वास्थ्य क्षेत्रले सुधारको अपेक्षा राखेको छ । खासगरी स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आम नेपाली नागरिकको निशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूतिका लागि जुन संकल्प गर्नुभएको छ, त्यसले निकै आशा जगाएको छ । पछिल्लोपटक नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलले निर्णय गर्नुभएको छ । मन्त्री पौडेलले हरेक वर्ष झन्डै आठ सयजनाको ज्यान गइरहेको पक्षघातको उपचार निशुल्क गर्न निर्देशन दिईसक्नु भएको छ । त्यसका लागि बजेट समेत विनियोजन भैसकेको छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको अवस्थामा सरकारको यो घोषणाले विरामीलाई ठूलो सुविधा पुग्ने निश्चित छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । यो औषधिको एउटा मात्राको मूल्य नेपालमा झन्डै १ लाख ३८ हजार रूपैयाँ पर्ने र सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल समेत गरिरहेको छ ।
यसअघि सरकारले १४ बर्ष मुनिका बालबालिकाको क्यान्सरको निशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ । सानै उमेरमा क्यान्सरबाट पीडित सिमान्तकृत नागरिकका बालबालिकाले सरकारको यो घोषणाबाट ठूलो त्राण पाएका छन् । सरकारले स्वास्थ्य विमालाई पनि प्रभावकारी बनाउने घोषणा गरिसकेको छ । वास्तवमा परिवर्तनका लागि नयाँ सोँच, चिन्तन र भिजन आवश्यक हुन्छ । त्यसलाई कार्यान्वयन गर्ने नेतृत्वकर्ताको ठूलो हात हुन्छ । स्वास्थ्य मन्त्रीको देशका लागि केही भन्ने सोँच र भिजनमाथि प्रधानमन्त्रीको समर्थन छ । त्यसकारण यो सरकारले स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्न थालेको प्रयास सार्थक बन्ने निश्चित छ ।
अव स्वास्थ्य मन्त्री पौडेलले यसअघिको सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले नेपालकै पुरानो बीर अस्पताललाई लंगडो बन(ाईदिएका थिए । अव वीर अस्पतालको सुधारमा मन्त्री पौडेलले अग्रसरता लिनु पर्दछ । सैनिक अस्पतालमा आम सर्वसाधारण नागरिकको पहुँच थिएन, त्यसलाई पनि खुला गर्ने मन्त्रीको प्रतिवद्धता निकै सराहनीय छ । मन्त्री बस्नेत स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमामा नेपाली नागरिकले पाउँदै आएको सुविधामा अतिरिक्त १० प्रतिशत ब्ययभार थपेका थिए । अव त्यसलाई खारेज गरि बिमाबाट पाउने औषधी शत प्रतिशत निशुल्क गर्नेतर्फ मन्त्रीको ध्यान जानेछ भन्ने आम नागरिकको अपेक्षा छ । वर्तमान सरकारप्रति आम नेपाली जनताको विश्वास र भरोसा जोडिएको छ । कोही पनि नेपाली नागरिक उपचार सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने सरकारको मूल ध्येय हो भने अव सरकारको पहल मृगौला र मुटु रोगको उपचार निशुल्क गरियोस् । मृगौला र मुटु रोगको उपचार अत्यन्त महंगो भएका कारण आम नागरिकको पहुँच पुगेको छैन । दूरदराजका नागरिक यो रोगबाट अत्यन्त आहत छन् । उपचार नपाएकै कारण मर्ने अवस्था आउनु अत्यन्त दुःखद कुरा हो । मृगौलाको डायलाईसिस निशुल्क गरिएपनि सवै अस्पतालमा यो सुविधा नहुँदा विरामीलाई उपचार पाउनै चुनौति छ । त्यसकारण सरकारले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन गर्ने सोँच वनाएको हो भने सरकार अव मुटु र मृगौला रोगको सवैखाले उपचार निशुल्क गर । अनि जनताले स्याबासी दिनेछन । त्यसपछि क्यान्सर रोगको उपचार पनि निशुल्क गर्नेतर्फ सरकारको ध्यान जाओस् । सरकारले त्यसको पूर्वाभ्यास गरिसकेको छ । यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्ने तयारी सरकारले गरेको छ । सरकारले देशका पाँचवटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था समेत मिलाएको छ । अव कम्तिमा यो सरकारले नेपाली जनताले निशुल्क स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको ग्यारेन्टी गर्ने काम गरोस् । सवै उपचार सेवा एकैपटक निशुल्क गर्न गाह्रो भएपनि समयसिमा तोकेरै यसको सुरुवात गरियोस् । यो सरकारबाट नागरिकले त्यही अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?