ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

छ महिनामा प्रदेश सरकारको १९% बजेट खर्च

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

लमही, ०७ माघ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा जम्मा १९ प्रतिशत बजेट मात्र खर्च गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २३.९५ प्रतिशत र पुँजीगततर्फ १६.६४ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यसअनुसार पुस मसान्तसम्म जम्मा ७ अर्ब ५३ करोड ५९ लाख रूपैयाँ खर्च भएको छ। पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाखको बजेटमध्ये ४ अर्ब ९ करोड १३ लाख मात्र खर्च भएको छ भने चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाखमध्ये ३ अर्ब ४४ करोड ४६ लाख खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाए पनि मुख्यमन्त्री चेतनारायण आचार्य भौतिक प्रगति २४ प्रतिशत भएको बताउँछन् ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यले प्रदेश सरकार चालू आर्थिक बर्षको छ महिनामा भैतिक प्रगती २४ प्रतिशत भएको बताए ।
उनले सामाजिक बित्तीय प्रगतिका केही कमजोर देखिए पनि भौतिक प्रगती प्रशंसनिय रहेको छ उनले भने । समग्रमा २४ प्रतिशत खर्च भएको छ ।यो निरासाजनक होइन । उनले यो प्रगती सन्तोषजनक रहेको छ । मर्च भएको महिला, बाललालिका तथा जेष्ठ नागरिक मन्त्रालय सामाजिक बिकास मन्त्रालयमा गाभिदा बजेटमा खर्चमा ढिलो भएको हो ।अब क्याबिनेटवाट निर्णय गरि कार्यान्वयनमा लैजान्छौ मुख्यमन्त्री आचार्यले भने । यता लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले भने पुस मसान्त सम्म प्रदेशको १९ प्रतिशत मात्र बजेट खर्च भएको सूचना अधिकृत अन्जन पौडेलले बताए ।
लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेका छन्, तर तिनीहरूको खर्च निकै असमान छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पुँजीगत खर्च शून्य छ भने स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै ४२.१२ प्रतिशत खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकृत अमित पौडेलले बताए ।
अन्य मन्त्रालयहरूको पुँजीगत खर्च आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयः ०.१६%,उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयः २.६%, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः ३.९३% रहेको छ । त्यसै गरि सामाजिक विकास मन्त्रालयः ५.६०% वन तथा वातावरण मन्त्रालयः ४.६०%,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयः ११.६२%, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयः १९.५२%, कृषि तथा भूमि व्यवस्था मन्त्रालयः १८.८०% र भौतिक पूर्वाधार विकास मन्त्रालयः १४.६१% रहेको ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार ६ महिनासम्ममा कम्तीमा ३३ प्रतिशत बजेट खर्च हुनुपर्नेमा १९ प्रतिशतमा सीमित हुनु निराशाजनक हो उनले कार्यान्वयन पक्षमा सुधार नगरे प्रदेश सरकारको विकास योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?