ट्रेंडिंग:

>> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस

घरेलु उत्पादनले तान्यो दर्शकको मन

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

गुल्मी, ०७ माघ ।
छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यस पटक घरेलु उत्पादनका सामग्रीहरूको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रुरुक्षेत्रको रिडीमा माघे संङ्क्रान्तिको अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरू किनमेल गर्न आउने मानिसहरूको यसपटक पनि उत्तिकै घुइँचो लागेको थियो ।

कतिपय ठाउँहरूबाट रिडी मेलामा पैदलै हिँडेर पनि टाढाटाढाबाट व्यापारीहरू यहाँ आइपुगेका देखिन्थे । हजारौं मानिसहरूको उपस्थिति हुने मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्ला लगायतका वस्तुहरूको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कुँदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरूको पनि उत्तिकै भीड लागेको थियो ।

बिशेषगरी रिडी मेलामा बाग्लुङ्को ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिसहरू राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि वर्षेनी आउने गरेका छन । यस पटक पनि उनीहरूले यो व्यावसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कशजुले बताएका छन । ‘उनीहरू मेलामा सधै आआफ्ना समुहहरू बनाएर आउने र एक सातासम्म बसेर आफूले बोकेर ल्याएको सबै सामान बिक्री गरेरमा मात्र फर्कने गर्दछन’ उनले भने ।

बर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरू सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामग्रीहरू बिक्रि गरेर घर खर्च चलाउने गरेको पुर्बी रुकुमबाट रिडी आएका ५५ वर्षीय मानबहादुर बिकले बताए । बिगत वर्षहरूमा भन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उनको भनाइ छ । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्रीहरू हँसिया, कोदालो, खुकुरी, बञ्चरो लगायतका सामग्रीहरूको पनि यसपटक राम्रो व्यापार भएको बताइएको छ ।
बाग्लुङ्को जलजलादेखि ल्याएका निगालो र बासवाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेहरूको पनि उत्तिकै भीड लागेको थियो । ग्रामिण क्षेत्रमा यी वस्तुहरूको उपयोग बढी हुने भएका कारण मानिसहरू यस्ता बस्तु खरिद गर्नका लागि रिडी मेलामा आउने गर्दछन । पछिल्लो समयमा बजारमा आएका तयारी बस्तुहरूले पुराना हस्तकलाका सामग्रीहरूको बिक्रि कम हुँदै जान थालेको व्यापारका लागि रिडी आईपुगेकी रुकुमकी मनकली श्रीपालीले बताईन । हातबाट बुनेका कम्मल, काम्लो र राडीपाखीहरूको मूल्य केही महङ्गो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उनको भनाइ छ ।
यस्ता प्रकारका सामग्री खरिद गर्नेहरूमा अधिकांस पाका पुस्ताका मानिसहरू बढी देखिने गरेका छन् । घरेलु उत्पादित हस्तकलाका सामको बिशेषता र महत्व बुझेका मानिसहरूले यस्ता बस्तुहरू खोजीखोजी किनेर लैजाने गर्दछन । रिडी मेलामा रुरुक्षेत्रको दर्शनसँगै घरेलु सामग्रिहरू खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाण्डौदेखि मानिसहरू आउने गर्दछन । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस क्लब रिडीको संयुक्त आयोजनामा रुरुक्षेत्रमा माघ एक गतेदेखि छ दिनसम्म धार्मिक एवं साँस्कृतिक कार्यक्रम सहित रिडी मेलाको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?