ट्रेंडिंग:

>> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको कार्य समितिको बैठक सम्पन्न

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

भर्जिनिया (अमेरिका¬) । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (फिजा) को कार्य समितिको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

अनलाइन भिडियो कल प्रविधि मार्फत महासंघका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा अमेरिकाका विभिन्न सहरहरू, नेपाल, क्यानाडा सम्मका सल्लाहकारहरू, पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरू  सबैको उपस्थिति रहेको थियो ।

बैठकमा सल्लाहकारहरू फिजाका सल्लाहकारहरु योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईँ, पुरु घिमिरे र विजय घिमिरेले संस्था आगामी दिनमा कसरी अघि बढ्नु पर्छ र यसको भूमिका कस्तो हुने भन्ने बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा उपाध्यक्षहरू क्रमशः अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला, टङ्क पन्त, सतिश चापागाईँले पनि संस्थाका बहु आयामिक पक्षका बारेमा आ –आफ्ना धारणा राख्दै पत्रकारिताका क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले ठूलो भूमिका खेल्न सक्ने बताएका थिए ।

यसै गरी बैठकमा महासचिव टङ्क दाहाल, सचिव अनिल अधिकारी, बोर्ड अफ डाइरेक्टरहरू क्रमशः विश्व राज थापा, दिनेश कार्की, नवराज कुँवर, अनिल थापा, सुमन दाहालले पनि महासङ्घको गठनको औचित्य, यसका विविध पक्षहरूका बारेमा धारणा राखेका थिए ।

महासंघका अध्यक्ष रामप्रसाद खनालले बैठक उठेका विभिन्न प्रश्न, जिज्ञासाहरू लाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकालाई पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन बनाउने गरी संस्थाले काम गर्नु पर्ने, पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य अनुरूप संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तर्फ महासङ्घ अगाडि बढेको र अबका केही हप्तामै त्यसको सुरुवात नेपालमा नेपाल देश स्तरीय शाखा स्थापना गरी अभियान सुरु गर्न लागिएको जानकारी गराएका थिए ।

बैठकले सचिव अनिल अधिकारीलाई सदस्यता मापदण्ड बनाउन र आगामी बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ । त्यस्तै बोर्ड अफ डाइरेक्टर दिनेश कार्कीलाई पत्रकारहरूको विश्वव्यापी नेटवर्क बनाउने कार्यलाई सहयोग पुग्ने गरी डाटा सङ्कलन गर्ने जिम्मेवारी दिएको छ ।

यसै गरी बैठकले  महासंघका अध्यक्ष खनाललाई कार्य समितिलाई पूर्णता दिन आवश्यक पर्ने थप मनोनयनहरू गर्न र नेपाल शाखा निर्माणका लागि आवश्यक पहल गर्न अधिकार प्रत्यायोजन गरेको छ ।
बैठकले पत्रकारिता सँग संम्वद्ध संसार भर रहेका जुनसुकै संस्थासँग पनि पत्रकार हक हित र पत्रकारिताको बिकासका लागि आश्यक सहकार्य गर्दै अगाडि बढ्ने पनि निर्णय गरेको छ ।

केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा महासंघको  शाखा निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ ।

फिजाले नेपाली पत्रकारहरूलाई मात्र नभइ विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुनसुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?