© २०२३
काठमाडौँ ।
रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जीबी राई परिवारका चार जनालाई प्रतिवादी कायम गरिएको छ।
सुप्रिम सहकारीको रकम अपचलनको घटनामा कुल २२ जना प्रतिवादी रहेका छन्, जसमा जीबी राई, उनकी पत्नी भगवती बमजन ‘निशा’, र उनका दाइहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राई पनि समावेश छन्।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ का ४५ वर्षीय गितेन्द्रबाबु राई (जीबी) सुप्रिम सहकारीका पूर्व अध्यक्ष हुन्। उनकी पत्नी भगवती बमजन ‘निशा’ सिन्धुलीको लदाभीर माइतीबाट धापासी बस्दै स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी रहेको पाइएको छ।
प्रहरी अनुसन्धानको निष्कर्ष अनुसार, सुप्रिम बचत तथा ऋण सहकारीको १३ करोड ९८ लाख २२ हजार ६२५ रुपैयाँ गैरकानुनी रूपमा अपचलन गरिएको पुष्टि भएको छ। जीबीका दाइ अनन्तबाबु राई र देवेन्द्रबाबु राईको पनि अपचलनमा संलग्नता देखिएको छ। देवेन्द्रबाबु राई सुप्रिम सहकारीका सञ्चालक समिति सदस्य हुन् भने, अनन्तबाबु राई गोर्खा ग्रुप अफ कम्पनी प्रालिको सञ्चालक समिति सदस्य र स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङको सेयर सदस्य छन्।
यस घटनाले सहकारी क्षेत्रमा अपचलनको मुद्धालाई थप चासोको विषय बनाएको छ र प्रहरी अनुसन्धान जारी रहेको छ।