Butwal Today

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस

७ माघ २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

सरकारले माघ १८ गते ससद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।

संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएका थिए।

गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?