Butwal Today

बोलेरो र अटो ठोक्किँदा झापामा एक जनाको मृत्यु, तीन जना घाइते

७ माघ २०८१, सोमबार
अ+
अ-

झापा, ७ माघ।

झापामा बोलेरो र अटो आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-४ की २७ वर्षीया अमृता तामाङ रहेका छन्।

सोमबार बिहान बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा प्र.१-०१-००१ ज ३८५१ नम्बरको बोलेरो र प्र.१-०१-००२ ह ३६३ नम्बरको अटो ठोक्किँदा अमृता तामाङ गम्भीर घाइते भएकी थिइन्।

प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, यस दुर्घटनामा घाइते भएका बोलेरो चालक र अटोमा सवार दुई जनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।