ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

बढैयातालमा महोत्सव हुँदै

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

बर्दिया, ७ माघ ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएको छ । “राष्ट्रिय एकता ओ विविधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी सभा बढैयाताल गाउँकमिटीको आयोजना र बरघर संञ्जाल बढैयातालको समन्वयमा महोत्सव आयोजना हुन लागेको हो ।

बढैयाताल वडा नं. ५ को कार्यालय र तालको उत्तरतर्फ पिकनिक स्पोट नजिकै बसेको बैठक थारु कल्याणकारिणी सभाका पदाधिकारी सहित, थारु अगुवा, बरघर, युवाहरुको बैठकले माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको थारु कल्याणकारिणी सभा बढैयाताल कमिटीका सभापति शंकर प्रसाद थारुले बताए । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवमा थारु समुदायले प्रयोग गर्ने कला संस्कृति, भेषभुषा, खानाको परिकार, हस्तकला, कष्ठकला लागायत कृषि उत्पादनको प्रर्दशनी समेत गरिने छ । जसले थारु कला संस्कृति संरक्षण तथा प्रबद्र्धनमा टेवा पुग्ने र तमलको प्रचार प्रबद्र्धन हुने आयोजकले जनाएको छ । महोत्सवमा पौराणिक थारु नाच प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।

बैठकबाटै आयोजकले महोत्सवका लागि आवश्यक उपसमिति समेत गठन गरेको छ । महोत्सवलाई सफल पार्नका लागि पालिका भित्रका थारु गाउँका बरघरहरु गाउँ गाउँबाट महोत्सव उद्घाटनका दिन स्थानीय कला संस्कृति झल्किने झाँकी सहितको सहभागी गराउन तयारी समेत गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल गर्नका लागि थारु कल्याणकारिणी सभा बर्दियाका सभापति बिर बहादुर चौधरी, पुर्वा सभापति गोबिन्द चौधरी, बाँसगढी उद्योग बाणिज्य संघका पुर्वा अध्यक्ष राम सिंह थारु, थारु अगुवा ठाकुर सिंह थारु, बरघर संञ्जाल बढैयातालका अध्यक्ष भोदु प्रसाद थारु, थाकसाका संघीय पार्षद लल्लुराम थारु, बढैयाताल वडा नं ५ का अध्यक्ष तुलाराम थारु, वडा नं ९ का अध्यक्ष बिर बहादुर चौधरी, लेखक मेहीलाल थारु, शिक्षक लगायत बरघर तथा अगुवाहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?