ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

घरेलु उत्पादनले तान्यो दर्शकको मन

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

गुल्मी, ०७ माघ ।
छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यस पटक घरेलु उत्पादनका सामग्रीहरूको राम्रो व्यापार भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रुरुक्षेत्रको रिडीमा माघे संङ्क्रान्तिको अवसरमा यहाँ घरेलु उत्पादनका सामग्रीहरू किनमेल गर्न आउने मानिसहरूको यसपटक पनि उत्तिकै घुइँचो लागेको थियो ।

कतिपय ठाउँहरूबाट रिडी मेलामा पैदलै हिँडेर पनि टाढाटाढाबाट व्यापारीहरू यहाँ आइपुगेका देखिन्थे । हजारौं मानिसहरूको उपस्थिति हुने मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्ला लगायतका वस्तुहरूको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कुँदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरूको पनि उत्तिकै भीड लागेको थियो ।

बिशेषगरी रिडी मेलामा बाग्लुङ्को ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिसहरू राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि वर्षेनी आउने गरेका छन । यस पटक पनि उनीहरूले यो व्यावसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कशजुले बताएका छन । ‘उनीहरू मेलामा सधै आआफ्ना समुहहरू बनाएर आउने र एक सातासम्म बसेर आफूले बोकेर ल्याएको सबै सामान बिक्री गरेरमा मात्र फर्कने गर्दछन’ उनले भने ।

बर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरू सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामग्रीहरू बिक्रि गरेर घर खर्च चलाउने गरेको पुर्बी रुकुमबाट रिडी आएका ५५ वर्षीय मानबहादुर बिकले बताए । बिगत वर्षहरूमा भन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उनको भनाइ छ । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्रीहरू हँसिया, कोदालो, खुकुरी, बञ्चरो लगायतका सामग्रीहरूको पनि यसपटक राम्रो व्यापार भएको बताइएको छ ।
बाग्लुङ्को जलजलादेखि ल्याएका निगालो र बासवाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेहरूको पनि उत्तिकै भीड लागेको थियो । ग्रामिण क्षेत्रमा यी वस्तुहरूको उपयोग बढी हुने भएका कारण मानिसहरू यस्ता बस्तु खरिद गर्नका लागि रिडी मेलामा आउने गर्दछन । पछिल्लो समयमा बजारमा आएका तयारी बस्तुहरूले पुराना हस्तकलाका सामग्रीहरूको बिक्रि कम हुँदै जान थालेको व्यापारका लागि रिडी आईपुगेकी रुकुमकी मनकली श्रीपालीले बताईन । हातबाट बुनेका कम्मल, काम्लो र राडीपाखीहरूको मूल्य केही महङ्गो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उनको भनाइ छ ।
यस्ता प्रकारका सामग्री खरिद गर्नेहरूमा अधिकांस पाका पुस्ताका मानिसहरू बढी देखिने गरेका छन् । घरेलु उत्पादित हस्तकलाका सामको बिशेषता र महत्व बुझेका मानिसहरूले यस्ता बस्तुहरू खोजीखोजी किनेर लैजाने गर्दछन । रिडी मेलामा रुरुक्षेत्रको दर्शनसँगै घरेलु सामग्रिहरू खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाण्डौदेखि मानिसहरू आउने गर्दछन । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस क्लब रिडीको संयुक्त आयोजनामा रुरुक्षेत्रमा माघ एक गतेदेखि छ दिनसम्म धार्मिक एवं साँस्कृतिक कार्यक्रम सहित रिडी मेलाको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?