ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

किसान ठग्ने नापतौल शिल

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

नवलपरासी, ०७ माघ ।
जिल्लास्थित चिनी उद्योगहरूले उखु किसानको उखु खरिद गर्दा घटतौल (कम तौल गर्ने) गरि ठगि गर्दै आएको समाचार सार्वजनिक भएपछि गुणस्तर तथा नापतौल कार्यालयले सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलका गुरु प्रसाद पोख्रेल सहितको टोलीले त्यस्ता तौलकेन्द्रमा सिलबन्दी गरेको हो ।

तौल केन्द्रका तौल मेसिन(काँटा)को परिक्षण गर्दा तौलमा फरक परिरहेको जनाउदै सिलबन्दी गरिएको जिल्ला समन्ववय समिति (जिसस) का प्रमुख भगौती प्रसाद यादवले बताए । तौलमा उखु किसान ठगिने गरेको समाचार आएपछि आफुले गुणस्तर तथा नापतौल कार्यालय लगायत सरोकारवाला कार्यालयलाई अनुगमन गर्न लगाएको जनाए । सबै तौल केन्द्रमा थोरै धेरै घटतौल देखिए पछि आवश्यक कार्यावाही अगाडी बढाउने गरि टोलीले सिल गरि फर्केको छ, उनले भने, यसका लागि सम्बन्धित उद्योगहरूलाई कार्यालयले कारवाहीका आवश्यक प्रकृया शुरु गर्नेछ ।

जिसस प्रमुख यादवका अनुसार टोलीमा टोली प्रमुख पोख्रेल सहित जिससको तर्फबाट कृष्ण प्रसाद पँथी, जिल्ला प्रशासन कार्यालयबाट अशोक श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल, गुणस्तर कार्यालयकै भिमराज खनाल, लुम्बिनी चिनी उद्योग प्रालिका प्रतिनिधि नरसिँह प्रसाद हरिजन, प्रहरी चौकी पचफेडा नरेन्द्र यादव र गजेन्द्र यादव, उखु कृषक गया प्रसाद सहानी र उमेश यादव र लुम्बिनी चिनी उद्योगकै फिडर इन्चार्ज महादेव यादव सहितको टोलीले अनुगमन गरेको थियो ।

उक्त टोली माघ ४ गते सरावल ७ स्थित स्थित लुम्बिनी चिनी उद्योग प्रालिको उखु खरिद केन्द्र वर्गदवा सेन्टरमा रहेको १० टन क्षमताको मेकानिकल बे.ब्रिज १ थान रहेको र उतm मेसिनमा बुटवल नापतौलको जाँच प्रमाणित गरिएको ढकबाट नापजाँच,निरिक्षण तथा अनुगमन गर्दा ७०० केजी को तौल राख्दा ६७८ केजी देखाएकोले नियमनानुसार नरहेकोले सोा नापतौल यन्त्र सञ्चालन नगर्नु हुन र ३ दिन भित्र गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा उपस्थित हुन निर्देशन दिई सिलबन्दी गरेको थियो । जस्मा ९३८६ नम्बरको स्टिकर टाँस समेत गरिदिएको छ ।

त्यसैगरि सोही टोलीले प्रतापपुर ४ स्थित बागमती खाडसारी चिनी मिल्सको उखु खरिद केन्द्रको नाँपजाँच गर्दा ठिक यन्त्र ठिक भएको र बागमती खाडसारीकै वर्गदवा उखु केन्द्रको नाँपजाँच गर्दा ठिक रहेको मुचुल्का बनाएर गएको थियो । तर बागमती चिनी उद्योगकै तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रूपमा तौल घट्ने गरेको आरोप उखु किसानले गरेका थिए ।

उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ ठूलो खैरेटवाका मुराली यादवले बताएका थिए । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भनेका थिए ,यसमा अनुसंधान गर्न आवश्यक छ । तौल केन्द्रबाट उखु तौल गरि त्यही उद्योगको मिलगेटमा पुर्याउदा दुई क्वीन्टल उखु कसरी बढी भयो ? यसमा सिधै घटतौल गरि किसानलाई ठग्ने काम भइरहेको छ ।

घटतौलबारे आफूले उद्योगमा कुरा उठाउदा गोपाल सापकोटा लगायतले आफूलाई अपमान जनक भाषा प्रयोग गर्दै दुब्र्यवहार समेत गरेको बताएका थिए । यता उद्योगका कर्मचारी सापकोटाले ती कृषक यादवको उखु तौल गरेको धेरै समयपछि उद्योग परिसरमा ल्याएकोले उखु सुकेर तौल कम भएको दाबी गरेका थिए । अहिले जुन उद्योगको तौल केन्द्रमा घटतौल भएको त्यसको यन्त्र ठिक भएको नापजाँचले कहि सूचना चुहिएर यन्त्र ठिक बनाइएको भन्ने पनि रहस्य बनेको कृषकहरूले बताएका थिए । सो उद्योगले करिब ३ लाख क्वीन्टलसम्म उखु खरिद गरि क्रसिड्ड गरिसकेका छन् । यसरी १ लाख क्वीन्टलमा ५ हजार क्वीन्टल उखु हुन्छ । ३ लाख क्वीन्टलको हिसाब गर्ने हो भन्ने १५ हजार क्वीन्टल उखु घटतौल हुन्छ ।
त्यसको मूल्य प्रति क्वीन्टल ५ सय ८० रुपियाको दरले ८७ लाख रुपियाँ हुन आउँछ । यता लुम्बिनी चिनी उद्योगको तौल केन्द्रमा घटतौल फेला परेको हुँदा सो उद्योगले पनि करिब तिन लाख क्विन्टल उखु क्रसिड्ड गरेको छ । त्यसको अनुपात हेर्ने हो भन्ने हालसम्म ९ लाख ४२ हजार ८ सय ५७ केजी अर्थात ९ हजार ४ सय २८ क्विन्टल हुनजान्छ । जस्को मुल्य ५४ लाख ६८ हजार ७ सय ७१ रुपियाँ ठगि भएको अनुमान गर्न सकिन्छ । त्यसै गरि इन्द्रा सुगर मिल गंगापुरमा पनि घटतौल गरि भुक्तानी ढिलो गर्दै आएको दुखेसो किसानहरूले गर्दै आएका छन् । इन्द्रा सुगर मिलले पनि ३ लाख क्वीनटल उखु क्रसिड्ड गरिसकेको जानकारी गराएको थियो । तर उखुको भुक्तानी एक तिहाई मात्र दिइएको छ । चिनी भन्ने सबै बिक्री गरिसकेको छ । कुल १७ करोड ४० लाखको उखु खरिद गरेको भए पनि भुक्तानी भन्ने ५ करोड भन्दा कम दिइएको किसानहरूले बताएका छन् ।

यसरी मासिक १२ करोड रकमको मासिक ब्याज मात्रै १० लाख बचाउने गरेका छन् । किसान कराउदै गरुन,उद्योगीलाई लाभै लाभ छ । लाभको केही लाभाँस प्रशासन र नेताहरूमा खर्च गर्न पर्दा पनि नाफा हुने यादवको भनाइ थियो । यता लुम्बिनी चिनी उद्योगको घटतौलबारे जिज्ञासा राख्दा उद्योगका सिओ केशवराज अचार्यले कुनै पनि तौल मेसिनमा समस्या नभएको दाबी गरेका थिए । मेसिनमा कमजोरीबारे आफूलाई नापतौल कार्यालयका तिलक सरले फोन सम्पर्क गरेर जानकारी लिइएको सुनाएका थिए । घटतौल प्रोपोगण्डा मात्रै भइरहेको उनको भनाइ थियो । यस बार उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश यादवले चिनी मिलहरूले बेला बेला बदमासी गर्दै आएको बताउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?