Butwal Today

हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’

६ माघ २०८१, आइतबार
अ+
अ-

तेल अविव, ६ माघ।

आजबाट सुरू हुने भनिएको हमास–इजरायल बीचको युद्धविराममा ढिलाइ भएको छ।

हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्वजनिक नगरेको भन्दै इजरायलले युद्धविरामको समयसीमा बढाएको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजामा स्थानीय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको युद्धविराम, हमासले बन्दीहरूको सूची जारी नगरेसम्म सुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन्।

‘प्रधानमन्त्रीले आइडीएफलाई निर्देशन दिनुभएको छ कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म सुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ।

हमासले प्राविधिक कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ गरेको आरोप इजरायलले लगाएको छ। यद्यपि, गत हप्ता घोषणा गरिएको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ।