Butwal Today

सुन र चाँदीको मूल्य घट्यो

६ माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ६ माघ।

नेपाली बजारमा केही दिनदेखि बढेको सुनको मूल्य आज घटेको छ। आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि, गत शुक्रबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ९ सय रुपैयाँ पुगेको थियो। यसरी, पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखा परेको छ। बिहीबार भने सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार, आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?