ट्रेंडिंग:

>> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर : प्रधानमन्त्री कार्की >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन

घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर

झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले उक्त घोल ठाउँ ठाउँमा दुई मिटरसम्ममा खुम्चिएको छ । यसले प्रतापपुर र सरावलका दर्जन बढी गाउँ बस्तिको जलनिकास थुनिँदा डुबानको खतरा बढेको हो ।
६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

नवलपरासी,०६ माघ ।

जिल्लामा जलनिकास व्यवस्थापनमा योगदान पु¥याउने लिटिल गण्डक नामक घोल अतिक्रमण हुँदै र पुरिँदै जाँदा दर्जनौ गाउँ डुबान हुने कारक बनेको छ । विगत पाँच दशक पहिला २०२८ सालमा गण्डक (नारायणी नदी) को बाँध भत्किएर धार परिवर्तन भई बनेको घोल (लिटिल गण्डक) अहिले पुरिदै जाँदा दर्जनौं गाउँ डुबानमा पर्ने गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा रहेको प्रतापपुर गाउँपालिका हुँदै सरावल गाउँपालिका भएर सो लिटिल गण्डक घोलले बर्षाैदेखि जलनिकासमा योगदान गर्दै आएको छ । झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले उक्त घोल ठाउँ ठाउँमा दुई मिटरसम्ममा खुम्चिएको अवस्था छ । यसले प्रतापपुर र सरावलका एक दर्जन बढि गाउँ बस्तिको जलनिकास थुनिएर डुबानको खतरा बढाएको छ । स्थानीय बस्ती तथा खेतबारीका पानी बगाउँदै झरही नदीमा पु¥याउने एक महत्वपुर्ण जलनिकास गर्ने प्राकृतिक घोल स्थानीयबासीकै अतिक्रमणले साँगुरो हुँदै जाँदा बर्षायाममा डुबानको कारण बन्दै गएको सरावल–७ भुजहवाका मुराली मौर्यले बताए । लिटिल गण्डक यस क्षेत्रको जलभण्डार राख्ने स्रोत पनि हो, उनले भने, हिउँदमा बालीनालीमा सिंचाई गर्ने पानीको स्रोत हो । बर्षायाममा पानीको निकास हुने घोल पनि हो । गण्डक नदीको बाँध फुटेर बाढी आउँदा प्राकृतिक रूपमा पानी बग्ने घोलको रूपमा परिणत भएको थियो ।

पछिल्लो समय मानविय अतिक्रमणमा सो घोल परेको छ । यसले स्थानीय बस्ती नै डुबान पनि हुने गरेको छ । बर्षायाममा लिटिल गण्डक सम्झने तर हिउँदमा त्यही लिटिल गण्डकको उपेक्षा गर्दै अतिक्रमण गर्ने गरिएको छ । लिटिल गण्डकलाई सरसफाई गर्नका लागि बेला बेला स्थानीय सरकार तथा नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली व्यवस्थापन कार्यालयमा कुरा पनि उठ्ने गर्छ । तर चर्चाको विषय हुने र सफाईका योजना नबन्दा दिन प्रति दिन लिटिल गण्डक घोल अतिक्रमणमा छ । वरिपरिका व्यक्तिले त खनजोत गर्दै अतिक्रमण त बढाएकै छन्, उनले थपे, सरकारी निकायको संरचना निर्माण गर्दा पनि त्यो घोल नै सरकारी अतिक्रमणको निसानामा पर्ने गरेको छ । उनले अतिक्रमण सरकारी तथा सामुदायिक रूपमा अतिक्रमणको अवस्था देखाउँदै भने, घोल तर्फ नै विस्तार गर्ने गरि सामुदायिक वृक्षरोपण गरिएका छन् । कतिपय ठाउँमा शब गाड्ने कब्रिस्थानहरू बनाइएका छन् । मन्दिर, विहार, विद्यालयहरू पनि घोलको किनारमा बनाउँदै जाँदा अतिक्रमणको चपेटामा परेको देखिन्छ । अहिले सरावल गाउँपालिका ७ नम्बर वडा कार्यालय पनि घोल नै पुरेर बनाईदैछ । प्रतापपुरमा पनि धेरै स्थानमा सरकारी तथा समुदायिक अतिक्रमण छ ।

घोल वरिपरी बनेका बस्तीलाई जोड्नका लागि ठाँउ ठाँउमा बनाइएका पुल, कलभर्टले पनि घोल साँगुरो भएको र यसले जलनिकासमा अवरोध हुने गरेको छ । सरकार र समुदाय नै जलनिकास प्रति गम्भिर नहुँदा सिमावर्ति क्षेत्रमा डुबान हुने गरेको संघिय सांसद राष्ट्रियसभाका पूर्व सांसद रामलखन हरिजनले बताए । सिंचाई जल उपभोक्ता महासंघका पूर्व महासचिव समेत रहेका पूर्व सांसद हरिजनले यसका लागि नेतृत्वदायी भूमिका नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणालीले लिईएर ब्यवस्थापन गर्नु पर्ने जनाए । सिचाई र जलनिकास एक आर्काका परिपुरक हुन्,उनले भने, सिंचाई गरेर जलनिकास बनाइएन भने सो सिंचाई प्रणाली नै प्रतिपादक हुन्छ । यसका लागि स्थानीय सरकारले समेत सो प्रणालीलाई जानकारी गराई सहजिकरण गर्नुेपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?