ट्रेंडिंग:

>> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

काठमाडौं, ६ माघ ।

कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको तथ्यांक नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था: संक्षिप्त विवरण’ अनुसार, असार २०८१ सम्म कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ, जसको कुल कर्जा प्रवाहको ११.१९ प्रतिशत हो।

यो कर्जा प्रवाहको विवरणमा कुल १ खर्ब ७४ अर्ब १८ करोड प्रवाह भएको उल्लेख छ। जसमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रको छ, जसमा ९५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। त्यस्तै, साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटन क्षेत्रमा १० अर्ब ३९ करोड, र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

कोशी प्रदेशमा निक्षेपको कुल रकम ४ खर्ब ७७ अर्ब रहेको छ, जसले राष्ट्रिय कुल निक्षेपको ७.३५ प्रतिशत अंश ओगटेको छ। देशको कुल निक्षेप ६४ खर्ब ८७ अर्ब रुपैयाँ बराबर रहेको छ।

त्यसैगरी, कोशी प्रदेशमा बैंक र वित्तीय संस्थाका १,८३७ शाखाहरू छन्, जुन देशभरिका शाखाहरूको १५.९३ प्रतिशत हो। कोशी प्रदेशमा वाणिज्य बैंकहरूको उपस्थिति रहेका स्थानीय तह १३७ रहेका छन्।

कोशी प्रदेशमा डेबिट कार्ड चलाउने ग्राहकहरूको संख्या १७ लाख ३ हजार ८ सय ४२ रहेको छ, जुन देशको कुल डेबिट कार्ड प्रयोगकर्ताको १४.१४ प्रतिशत हो। क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक संख्या ३१ हजार ५ सय ७९ रहेको छ, जुन कुल हिस्साको ११.९९ प्रतिशत हो।

कोशी प्रदेशमा मोबाइल बैंकिङ प्रयोग गर्नेहरू ३४ लाख १४ हजार १ सय ९९ छन्, जुन कुल हिस्साको १४.३८ प्रतिशत हो, जबकि इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको संख्या २ लाख हाराहारी रहेको छ।

असार २०८१ सम्म, कोशी प्रदेशमा १९ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। यसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा १२ अर्ब ८८ करोड ७७ लाख, र महिला उद्यमशील कर्जामा ६ अर्ब ७२ करोड २८ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?