Butwal Today

१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

६ माघ २०८१, आइतबार
अ+
अ-

पर्सा, ६ माघ।

प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ।

वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरीयासमेतबाट खटिएको प्रहरीले बा.प्र.०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?