ट्रेंडिंग:

>> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण

स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

जितपुर, ०६ माघ ।
कपिलवस्तुको बाणगंगामा स्थानीय तोरी जातको विउ विकास गर्ने उद्देश्यले कृषक पाठशाला तथा छलफल गरिएको छ । राष्ट्रीय आनुवंशिक केन्द्र (जिन बैंकको) आयोजनामा वडा न. ८ मधुवनमा पाठशाला गरिएको हो । कार्यक्रममा नार्कका प्रविधिक अधिकृत डा. मुकुन्द भट्टराइले विउको विषयमा जानकारी गरेका थिए ।

कृषि मन्त्रालयका सह सचिव रामकृष्ण श्रेष्ठले जलवायु परिर्वतनको असरको बारेमा पटक पटक छलफल जरुरी रहेको बताए । उनले जलवायु परिर्वतनले पुगेका असरहरूको बारेमा कृषकहरूले जानकारी लिन आवश्यक रहेको समेत बताएका छन् । श्रेष्ठले रौथाने बालि हराउन थालेकाले यसको संरक्षण गर्दै विउ बजारबाट किन्ने अवस्थाको अन्त्य गर्नु पर्ने बेला आएको जनाए । रौथाने बालिले विभिन्न रोगहरू संग लड्ने क्षमता रहेकाले पनि यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको जानकारी दिए । सरकारले प्रविधि युक्त खेतिमा कृषकलाई आर्कषण गर्ने खालका कार्य योजना बनाउन आवश्यक देखिएको उनको भनाई छ ।

नार्कका डाईरेक्टर डा. बालकृष्ण जोसीले माटोको क्षमता अनुसार उत्पाादन हुने भएकाले प्रविधिको आधारमा कृषकलाइ उत्पादनमा जोड्नु पर्ने बताए । उनले विउको समस्या अन्त्य गर्न कृषकले आफै विउ उत्पादनमा पनि जोड दिनु पर्ने बेला आएको उनको भनाइ रहेको थियो ।

नार्कका प्रशिक्षक राजेन्द्र प्रसाद पौडेलले कपिलवस्तु तोरीको खेतिको लागि उचित स्थान भएको बताएका छन् । उनले तोरी खेतिले गहुँको स्थान पनि तोरीले लिन थालेकाले राम्रो मानिएको बताए । अनुसन्धानका लागि केहि ढिला भएको बताउँदै स्थानिय कृषको अनुभवको आधारमा माटो परिक्षण गरी विभिन्न प्रजातिका तारी बालि लगाउने योजना बनाएको बताए । उनले चाइनिज र भारतिय तोरीलाई विस्थापित गरेर नेपालि विउ प्रयोग गरेर प्रजनन प्रकृया अगाडी बढाईएको समेत बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेष बहादुर केसिले कृषकहरूलाई कृषि शाखासँग नजिक हुन आग्रह गरेका छन् । उनले मापदण्ड पुगेका कृषकहरूले अनुदान पाउनको लागि अलिकति धाउन पर्ने बताए । केसीले नगपालिकाले यस वर्ष २ करोड भन्दा बढि अनुदान वितरण गरेको बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ८ का कार्यबाहक वडा अध्यक्ष विश्वस जिसिले नगरपालिका तथा वडा कार्यालय स्थानीय कृषि उत्पादनको लागि सहयोग गर्न तयार रहेको बताए ।
कृषक हरि अर्यालले समयमा मल पाउन नसक्ने समस्या रहेको बताए । अर्का कृषक रेवता पौडेलले लोकल तोरीको उत्पादन कम हुने भएकाले हाइब्रेड तोरीलाई उत्पादनमा जोडेको बताईन् । उनले तोरी खेती भएको स्थानमा मौरीको घारहरू र कतै मछ्र जारीको प्रयोग गरेर उत्पादनको फरक छुट्याउने कोसिस भएको जानकारी दिइन् । यस क्षेत्रमा माटो अनुसारको उत्पादन कसरि लिन सकिन्छ भनेर अनुसन्धान आवश्यक रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?