ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

गुल्मी,०६ माघ ।
गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत भार्सेका महिलाहरू गाउँमै लघुउद्यम शुरु गरेका छन् । फुर्सदको समयमा घरमै बसेर अल्लोका कपडा बुनेर राम्रो आम्दानी समेत गरेका हुन् ।
सत्यवती गाउँपालिका –८ स्थीत भार्से एउटा जनजातीहरूको सिँगो गाउँ हो । परम्परागत रैथाने खाद्यवालीहरू उत्पादन हुने उक्त गाउँका महिलाहरू पछिल्लो समयमा उद्यमशिलतामा लागेका छन । पहाडी जिल्लामा अल्लो अर्थात लेकाली सिस्नुको कपडा बनाउने चलन पुरानै हो । तर गुल्मी जिल्लामा यसको व्यवसायीक रूपमा उद्यम सञ्चालन भएको छोटो समय भएको छ ।

ग्रामीण क्षेत्रमा यत्तिकै सडेर गईरहेका लेकाली सिस्नोलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सरकारले पनि अल्लोका कपडा बनाउन महिलाहरूलाई प्रेरित गरेपछि त्यहाँका महिलाहरू व्यावसायिक रूपमा यसरी अल्लोका कपडा बनाउने काममा लागेका हुन । भार्सेमा गत आठ वर्षदेखि लघुउद्यम सञ्चालनका लागि साझा सुविधा केन्द्र स्थापना गरिएको छ । त्यसै लघुउद्यम केन्द्रमा स्थानीय १४ जना महिलाले अल्लोको धागोबाट टोपी, गलबन्दी, कोट, सल, मजा लगायतका सामग्रिहरू बनाउदै आएका छन ।

अल्लोबाट उत्पादन हुने धागो टिकाउ, नरम, र बलियो हुन्छ । ग्रामिण क्षेत्रदेखि अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग बढिरहेको कारण यसले स्थानीयहरूको जीविकोपार्जनमा समेत सहयोग पुराउने सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए । उद्यम सञ्चालनका लागि गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय गुल्मीबाट तालिम एवं प्रबिधि समेत सहयोग गरिएको छ ।

नयाँ पुस्ताहरूलाई यो पेशामा खासै चासो नभएका कारण भार्सेमा पुराना पुस्ताहरूले अल्लोको व्यावसायलाई निरन्तरता दिँदै आएका छन । अल्लोको कपडाको माग बढी भएका कारण बिक्रीका लागि बजारको समस्या नभएको गाउँपालिका अध्यक्ष पाण्डेले बताएका छन ।

नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नका लागि पालिकाले वडा नं.३ को लुम्पेक स्थीत देउरालीडाँडामा तालिम सञ्चालन गरि पुस्ता हस्तान्तरण गर्ने काममा लागेको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताईन ।
सत्यवतीमा अल्लोको प्रचुर सम्भाबना भएको कारण त्यहाँका महिलाहरू कृषि कर्मसँगै फुर्सदको समयमा अल्लोबाट उद्यम गरे राम्रो आम्दानी गर्न थालेका छन् । अल्लोको कपडा तयार पार्नको लागि शुरुमा सिस्नोको बोट काटेर यसको छालाको बाहिरी भाग निकाल्ने र यसलाई राम्रोसँग सफा गर्नुपर्दछ । त्यसपछि पानीमा खरानी राखेर उमाल्ने र उमालेपछि धोयर घाममा सुकाउने गरिन्छ । सुकाई सकेपछि त्यसलाई हात वा चर्खाको माध्यमबाट धागो काटेर कपडा बुन्ने गरिएको स्थानीय रामकुमारी दर्लामीले बताईन ।

यसलाई बनाउने प्रक्रिया र मेहनत लामो भए पनि यसबाट बन्ने कपडा टिकाउ र सुन्दर हुन्छन । अल्लोका कपडाहरू विशेषगरी पहाडी क्षेत्रका समुदायहरूको पहिचानका रूपमा चिनिन्छन । अल्लो खेतीले ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारी सिर्जना गर्न र आर्थिक रूपमा सशक्त बनाउन समेत मद्दत पुराउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?