ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

बुटवल, ६ माघ ।

सार्वजनिक तथा निजी सवारी साधनको आवद्धता वृद्धि गर्ने लक्ष्यसहित यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ८७ दिने अभियान सुरु गरेको छ ।

कोषले यो अभियानलाई ३ भागमा वर्गीकरण सवारी कोषमा आवद्ध हुने सवारी साधनको संख्या बढाउने योजना बनाएको हो । ८७ दिने अभियानको कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य तथा रुपन्देही भूमि समस्या समाधान आयोगका अध्यक्ष कुमार थापाले आइतबार शुभारम्भ गरेका छन् ।

त्यस अवसरमा बोल्दै उनले धेरै भन्दा धेरी सवारी साधनलाई कोषमा आवद्ध गराएर दुर्घटना न्युनीकरणको अभियानमा प्रभावकारी ढंगले लाग्न आग्रह गरे । यो अभियानको सफलताका कामना गर्दै उनले दुर्घटनापछि हुने संभावित क्षतिबाट राहत दिलाउनका लागि कोषले थालेको यो अभियानले सार्थकता पाउने विश्वास पनि व्यक्त गरे ।

कोषले ८७ दिने विशेष अभियानमा सवारी साधनहरुलाई विशेष छुटको योजना समेत ल्याएको छ । जस अनुसार ठूला गाडीको दर्ता शुल्क २१ सय रुपियाँ लिंदए आएकोमा यो अभियानभर ११ सय कायम गरिएको छ ।

त्यस्तै साना गाडीको दर्ता शुल्क १५ सय लिंदै आएकोमा अभियानभरका लागि ५ सय रुपियाँ कायम गरिएको छ । त्यस्तैनयां सवारी साधनको एकमुष्ट वार्षिक शुल्क काट्नेलाई टिसर्ट प्रदान गरिने छ भने विशेष ८७ दिने अभियानमा सबभन्दा बढी गाडी कोषमा आबद्ध दर्ता गर्नेलाई सम्मान गरिने छ । अभियान सञ्चालनका लागि अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय संचालन कमिटी गठन गरिएको छ ।

उक्त अभियान अन्तर्गत माघ मसान्तभित्र पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, कुश्मा, बेनी, रुकुम पूर्व, नवलपुर, चितवन, मकवानपुर, पर्सा, सर्लाही, सिराहा, सुनसरी, मोरङ सम्मका विभिन्न स्थानमा भलाई कोषको टोली पुग्ने अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । “त्यसक्रममा यातायात व्यवसायी प्रा.लि.तथा यातायात व्यवसायी समिति, विभिन्न प्रकारका यातायातका सवारी साधनका व्यवसायी संघसंग भेट गर्नुका साथै प्रशिक्षण कार्यक्रम संचालन गरिने छ भने हेटौडा र विरगञ्जमा कार्यालयको स्थापना गरिने छ”–अध्यक्ष फुल्लेलले भने ।

त्यस्तै कोषले आगामी फागुन १ गतेदेखि रुपन्देही जिल्लाका उद्योग वाणिज्य संघ तथा उद्योग संघ लगायतका संघ÷संस्था तथा विभिन्न कलकारखाना, फ्याक्ट्री, सिमेण्ट फ्याक्ट्री, तथा ईट्टाभट्टा लगायत अन्य व्यावसायिक संघ संस्थामा भेटघाट तथा अभियान संचालन गर्ने कोषका उपाध्यक्ष छविलाल थापाले बताए ।

सम्भावित स्थानमा शाखा विस्तारको अभियान अन्तर्गत दाङ जिल्लाको तुलसीपुर लगायत अन्य स्थानमा पनि शाखा बिस्तार तथा कोष बृद्धि अभियान लुम्बिनी प्रदेशभर चलाउने, ८७ दिनको उपलब्धि प्रगति विशेष अभियानमा आइपरेका समस्या, उपलब्धि, चुनौती सबैको समीक्षा गरी आगामी बैशाख ३ गते कोषको स्थापना दिवसको दिन अभियान समापन गरिने कोषका महासचिव योगबहादुर गुरुङले जानकारी दिए ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले पशुपंक्षीको मृत्युमा पनि लगानी गर्दै आइरहेको छ । त्यस्तै निर्जिव दुर्घटनामा समेत लगानी गरी व्यवसायीलाई दुर्घटनाको झन्झटबाट मुक्त गराउने गरिएको कोषका सचिव विजेश न्यौपानेले बताए । कोषमा वार्षिक मासिक शुल्क बुझाइरहेका सवारी दुर्घटनामा परी अंगभंग भएका असहाय, अपाङ्ग मजदुरहरुलाई मासिक रुपमा कोषले अपाङ्ग मजदुर सहयोग गर्दै आइरहेको कोषका कोषाध्यक्ष प्रकाशकुमार नेपालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?