ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

बुटवल, ०६ माघ ।
बिक्रम सम्वत २०८२ सालसम्म नेपाललाई सडक आश्रीत मानव मुक्त घोषणा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रमले रूपन्देहीको तिलोत्तमा ५ मणिग्राममा श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । आगामी सोमबारदेखि शुरुहुने महायज्ञमा ३ करोड रूपैयाँ संकलन गर्ने लक्ष रहेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
मानव सेवा आश्रमको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको बारे जानकारी दिन शनिबार पत्रकार सम्मेलनको आयोजना गरिएको हो । बिक्रम सम्वत २०८२ सालसम्म सडक आश्रीत मानव मुक्त नेपाल बनाउने महाअभियान अन्तर्गत मुलुकका बिभिन्न स्थानमा महायज्ञहरू संचालन गरिने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।
आश्रमलाई तन, मन, धनको त्रिवेणीबाट योगदान पु¥याउनु हुने सम्पूर्ण उदारमन दाताको लागि कृतज्ञ ज्ञापन गर्ने उद्देश्यले महायज्ञ आयोजन गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी गराए । महायज्ञबाट ३ करोड रूपैयाँ संकलन गरिने लक्ष्य राखेको महायज्ञ मूल आयोजक समिति संयोजक लोकनाथ भुसालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । संयोजक भुसालका अनुसार महायज्ञले अक्षय कोष श्रीवृद्धि गरी आश्रममा आश्रित सडक आश्रित मानवहरूको उचित व्यवस्थापनमा गर्न सघाउ पुग्नेछ ।
तिलोत्तमा–५ मणिग्राममा माघ ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले निःशुल्क कथा वाचन गर्नु हुने कार्यक्रम रहेको संयोजक भुसालले बताए । भुसालका अनुसार साथै माघ ७ गते बिहान ८ बजे तिलोत्तमा शाखाको नवनिर्मित भवनको औपचारिक उद्घाटन लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु हुने कार्यक्रम रहेको छ । महायज्ञ बिहान १० बजे शोभा कलश यात्राबाट सुरु भई दिउँसो १२ः३० बजे मुख्यमन्त्री आचार्यद्वारा समुद्घाटन हुने मानवसेवा आश्रमले जनाएको छ ।

शोभा कलश यात्रामा उपस्थिति जनाउने र ¥यालीमा उत्कृष्ट प्रदर्शन हुनेलाई प्रथम, द्वितीय र तृतीयको लागि उचित सम्मानको व्यवस्था गरिएको महायज्ञ मूल आयोजन समितिले जनाएको छ । मानव सेवा आश्रम रूपन्देही शाखाको रूपमा बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरमा २०७४ सालदेखि संचालनमा छ । तिलोत्तमा नगरपालिका वडा नं ६ पश्चिम पहुनी मोक्षधाम सेवा आश्रमको परिसरमा निर्माण भएको भवनबाट विगत २ वर्षदेखि आश्रम सञ्चालनमा रहेको छ ।
तिलोत्तमा शाखाले हालसम्म १२ सय ५० जनाभन्दा बढी बेसहारा, असहाय, अपाङ्ग, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिस, अभिभावक विहीन लगायत जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । आश्रमले ३ सय १५ जनाको सुखद् पारिवारिक पुनर्मिलन गरिसकेको छ ।
महायज्ञ सफलता पूर्वक सम्पन्न गर्नका लागि १००१ जानाको मूल समारोह समिति निर्माण भएको छ भने सेवा सहजिकरणको लागि २६ वटा उपसमितिहरू निर्माण गरिएको छ । महायज्ञको संरक्षक परिवार र अभिभावक परिवारमा प्रदेश र जिल्लाका विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूलाई मनोनयन गरिएको छ । महायज्ञ सफल बनाउन र सेवा सहजीकरणको लागि मानवसेवा आश्रमको ७ प्रदेशका २० जिल्लामा रहेका २६ सेवाकेन्द्रहरूबाट ३० जनाभन्दा बढी कर्मचारी तथा अभियन्ताहरू सेवामा जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?