ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

भाडा बढाउने तर अनुगमन नगर्ने किन ?

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

सरकारले केही दिनअघि सार्वजनिक यातायातको भाडा बढाएपछि यातायात व्यवसायीले तोकिएभन्दा बढी भाडा असूल गर्न लागेको गुनासो सर्वत्र सुनिएको छ । पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको अवस्थामा भाडा बढाउने र घटेको अवस्थामा घटाउने भन्दै सरकार र सार्वजनिक यातायात व्यवसायीबीच विगतको सहमति कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारले पुनः भाडा बढाएर आम उपभोक्तालाई आहत पु¥याउने काम गरेको छ । विगतमा थुप्रैपटक पेट्रोलियमको मूल्य घटेको हो तर सार्वजनिक यातायातको भाडा घटाउनेतर्फ पहल भएन । पेट्रोलियमको मूल्य बढ्दा भाडा बढाउने तर घट्दा भने वास्तै नगर्ने यातायात व्यवसायीको एकलौटीप्रति सरकार समेत मुकदर्शक बन्दै आएको छ । सरकारले बढेको भाडा अनुसारको भाडा कायम भएको नभएको अनुगमन नगर्दा बढेको भन्दा धेरै भाडा उठाउने काम हुँदै आएको छ । यातायात व्यवसायीले डिजेलको भाउ बढ्दा भाडा बढाउने गरेका छन तर भाउ घट्दा भने घटाउन आनाकानी गर्दै आएका छन् । विगतमा डिजेलको मृल्य बढ्दा यातायात व्यवसायीलाई समस्या परेको थियो । सरकारले पनि समस्या बुझेर भाडा बढाएकै हो र व्यवसायीकै आग्रहमा बैज्ञानिक भाडा दर लागू भएको हो तर विगत एक बर्षको बीचमा धेरैपटक डिजेलमा भाउ घटाउँदा सवारी भाडा घटेन । अहिले व्यवसायीले यात्रुसंग सरकारले तोकेको भन्दा बढी भाडा लिने गरेका छन् । व्यवसायीले बढी भाडा उठाउन थालेपछि मात्रै सरकारले भाडा बृद्धिको सूचना ग¥यो । जुनकी धेरै ढिला भैसकेको थियो । सरकारको बेवास्ता र व्यवसायीको लापरवाहीले अन्ततः यात्रु मारमा पर्ने अवस्था सिर्जना भएको छ । सार्वजनिक सवारीका साधनमा मात्रै होइन, ढुवानी व्यवसायीले समेत भाडा बृद्धि गरेका छन् । सामयिक भाडा बृद्धि अहिलेको समय अनुसार जायज रहेपनि अस्वाभाविक बृद्धिले आम नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । माल सामान ढुवानी गर्ने ट्रकहरूमा हुने भाडा बृद्धिले त्यसको असर नेपाली भान्सासम्म पर्ने देखिएको छ ।

सरकारले तोकेकोभन्दा बढी भाडा असुल गरे कारवाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको छ । तर, सरकारले तोकेको भन्दा बढी भाडा लिँदा पनि सम्वन्धित पक्षले बेवास्ता गरिरहेको छ । सरकारले चेतावनी दिदैमा समस्या समाधान हुँदैन् । सरकारले व्यवसायीलाई राखेर बृद्धि भएको प्रतिशतको आधारमा नयाँ भाडा तोक्नु पर्ने हो तर तोकिएको नयाँ भाडा दर भन्दा धेरै लिने काम भैरेहको छ । अव फेरीपनि सरकार र व्यवसायीकै सहमतिमा बैज्ञानिक भाडा दर कायम हुनुपर्दछ । यही अवस्थामा व्यावसायीले बढी भाडा लिने र यात्रुले नतिर्ने प्रवृत्ति बढेमा यो जटिल समस्या हुन सक्छ । यो विषयमा सरकारले बैलैमा सोच्नु जरुरी छ । त्यसैपनि सार्वजनिक यातायातबाट दैनिक सयौं यात्रु ठगिएका छन् । तोकेजति रकम तिरेपछि भनेको जस्तै सेवाको प्रयोग गर्न पाउनु हरेक नेपाली नागरिकको हक–अधिकार हो । सरकार पनि यात्रुको पीडा आफ्नो हो भनेर सोच्दैन । यात्रुलाई सेवा दिनेभन्दा पनि सास्ती दिनेतर्फ बढी उद्यत छन् । सरकारले सिन्डिकेट हटेको दाबी गरेको छ । तर, यात्रुलाई अचाक्ली भाडाको सिण्डिकेट लगाइएको छ । यातायात क्षेत्रमा वर्षौंदेखि मनमौजी भाडाको एकाधिकार कायमै छ । सार्वजनिक यातायातमा सेवा सुविधा भन्दा सास्ती बढी छ । यातायात क्षेत्रमा समस्या देखाएर यात्रु ठग्ने यातायात व्यवसायीमा सुधार कहिले ? अब जनता पनि वैज्ञानिक भाडा दर कायम गर्न आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता देखिएको छ । यात्रुलाई हैरानी दिने यातायात व्यवसायीलाई कानुनको दायरामा कहिले ल्याउने ? यातायात व्यवसायीको आन्दोलन गर्ने धम्की अघि सरकार लाचार छ । यात्रुलाई सुविधा दिने हो भने अव पेट्रोलियमको भाउ बढ्दा बढाउने र खट्दा घटाउने जस्तैगरी सार्वजनिक यातायात क्षेत्रमा बैज्ञानिक भाडा दर लागू गर्नेतर्फ ढिलाई नगरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?