Butwal Today

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे

६ माघ २०८१, आइतबार
अ+
अ-

वासिङ्टन, ६ माघ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्नो सल्लाहकारहरुलाई बताएका छन्।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा अहिलेसम्म कुनै निश्चित निर्णय भएको छैन, स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले यस समाचारलाई प्रकाशित गरेको छ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको उद्घाटनको तयारीमा सोमबार सपथ लिनेछन्। उनले सन् २०१७ मा पहिलो चार वर्षे कार्यकालको एक वर्ष पनि नपुग्दै बेइजिङको भ्रमण गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गरेका छन्। शुक्रबार सी चिनफिङ र ट्रम्पले फोनवार्ता गरेका थिए।