ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

नवनिर्मित भवनबाट कार्य शुरु

५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

नवलपरासी, ०५ माघ ।
जिल्ला समन्वय समिति (जिसस) आफ्नै नवनिर्मित भवनबाट काम सूचारु गरेको छ । झण्डै आठ करोड लागतमा बनेको जिससको प्रशासनिक कार्यालय भवनको निर्माण पश्चात आफ्नै भवनबाट काम गर्न थालेको हो ।
शिलन्यास भएको दुई बर्ष नपुग्दै भवनको निर्माण कार्य सम्पन्न भएपछि आफ्नै भवनबाट काम गर्न शुरु गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपियाँ भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । रामग्राम नगरपालिका वडा नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण भएको छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहँदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुँदै आएको थियो । पछि जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हँुदा सो भवन भत्काउने कार्य शुरु हुन थालेपछि जिसस भाडामा भवन लिइएर सञ्चालन हुँदै आएको थियो । नयाँ बन्ने भवन पुरै जिल्ला प्रशासन कार्यालयको भवन हुने हुँदा जिससले आफ्नो छुट्टै भवन बनाउन लागेको थियो ।
जिससकै नाउँमा रहेको ढाई विघा जग्गामा भवन निर्माणका लागि ९ करोड ४२ लाख ५६ हजार ७ सय ५९ रुपियाँ भ्याट बाहेकको भवनको कुल लागत रहेको भए पनि निर्माण कम्पनीले टेण्डर घटेर हालेपछि कम रकममा निर्माण हुने सम्झौता भएको थियो । भवन निर्माण गर्ने अवधी डेढ बर्षको रहेको थियो । जिससकै जग्गामा भवन पछाडि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुन सक्ने करिब १६ करोड लागत पर्ने सम्मेलन केन्द्र (सभाहल) निर्माणका लागि योजना बनाइएको समेत प्रमुख यादवले जानकारी गराएका थिए । सो सम्मेलन केन्द्रका लागि स्रोत खोज्ने कार्य भइरहेको छ, उनले भने, स्रोत भेटाए पछि काम गरिने लक्ष्य रहेको छ ।
संसारको एक मात्र मौलिक अवस्थामा रहेको भगवान बुद्धको अष्टधातु भएको रामग्राम स्तुप देखी करिब तिन किलोमिटर उत्तरमा रहेको जिसस भवन नजिकै सम्मेलन केन्द्रको आवश्यकता महशुस गरिएको उनको भनाइ थियो । विश्व सम्पदा सुची प्रकृयामा रहेको रामग्राम स्तुप नजिकै विश्व बौद्ध सम्मेलन लगायत अन्य सभा सम्मेलनलाई समेत ब्यवस्थित पार्किड्ड सहितको सभा हलको आवश्यकता रहेको छ । त्यसका लािग जिसस लागि परेको प्रमुख यादवले जानकारी गराएका थिए । हाललाई जिसस भवनमै लुम्बिनी प्रदेश सरकारको सडक पूर्वाधार विकास कार्यालय समेत सञ्चालन हुँदै आएको छ । यस्ले पनि जिसस भवनमा चहलपहल बढेको देखिन्छ ।
उतm कार्यालयको औपचारिक उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले कार्तिक २६ गते गरेका थिए । प्रदेश सरकारले नवलपरासीमा समेत भौतिक पूर्वाधार विकास कार्यालय स्थापनाका लागि निर्णय गरे पछि सो कार्यालय सदरमुकाम बाहिर राख्नका लागि जिल्लाका केही नेता लागेको भन्दै नागरिक समाज नवलपरासीले उतm कार्यालय सदरमुकाममा नै राख्नका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण समेत गराएको थियो । स्थापना हुन लागेको भौतिक पूर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरू सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको थियो । उतm कार्यालयको स्थापना वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरू लागेको कार्य प्रति जिल्ला समन्वय समिति (जिसस) को ध्यानाकर्षण गराउँदै सदरमुकाम परासीमै राख्नका लागि अग्रसरता लिन ज्ञापनपत्र बुझाएको थियो ।
नागरिक समाजले गराएको ध्यानाकर्षण प्रति आफु सचेत रहेको जिसस प्रमुख यादवले बताएका थिए । यदि जिल्ला कार्यालय हो,भन्ने जिल्ला सदरमुकाम मै सो कार्यालय स्थापना हुनु पर्छ,जिसस प्रमुख यादवले भनेका थिए, के संघिय मन्त्रालयले नेपाल भरि एउटा एउटा मन्त्रालय राखेर काम हुन्छ ? के लुम्बिनी प्रदेश सरकारले पनि एउटा जिल्लामा एउटा मन्त्रालय र अर्को जिल्लामा आर्को मान्त्रालय राखेर काम गर्छ ? पक्कै गर्न सक्दैन्,त्यो भएर जिल्ला कार्यालयको रूपमा स्थापना हुने कार्यालय पनि जिल्ला सदरमुकाम मै राख्नुपर्छ । यसका लागि जिससले के भुमिका निर्वाह गर्नु पर्छ, त्यसको लागि जिसस गर्न तयार रहेको उनको भनाइ थियो ।
नागरिक समाजको भूमिका र जिससको अग्रसरताले सदरमुकाममै उतm कार्यालय स्थापना भएको नागरिक समाजका अध्यक्ष सैथवारले खुशी ब्यतm गरेका थिए । जिससले आफ्नै भवन उपलब्ध गराएर जिल्लाबासीको भावना र मर्मलाई सम्मान गर्दै कार्यालय राख्न देखाएको अग्रसरता सराहनिय भएको उनको भनाई थियो । जिल्ला भरिका विभिन्न कार्यक्रम र आयोजनाबारे नियमित सम्पर्क र समन्वय गर्नमा समन्वय समितिलाई पनि जिससको भवन भित्रै उतm कार्यालय हुने भए पछि अझै सहज हुने सैथवारले बताएका थिए । विगत देखी नै जिससको यस्तै भुमिका हुनु पर्ने थिए । सदरमुकाम बाहिर बसेका केही कार्यालयहरू जिल्लामै रहन सक्थ्यो,तर हुन सकेन,त्यो दुःखद पक्ष पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?