© २०२३
बुटवल ,५ माघ।
इलााका प्रहरी कार्यालय बुटवलले चोरी कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ। बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी गर्दै हिँड्ने २ जनालाई पक्राउ गरी कारवाही अगाडि बढाइएको हो। सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर २ का चन्द्रमान लामा लाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलााका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए।
पक्राउ गरिएका व्यक्तिहरूले लामो समयदेखि समूहमा बसेर लुटपाट गर्दै आएका थिए। उनीहरूले गत पुस १५ गते राजमार्ग चौराहामा समेत चोरी गरेका थिए। उनीहरूको साथबाट ६३ हजार ५ सय नगद र ४ थान मोबाइल समेत नियन्त्रणमा लिइएको हो।