ट्रेंडिंग:

>> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

उत्प्रेरक छोरीहरू…

परिवार भित्रै बालबिवाह र लैङ्गिक हिंसाको उदाहरण देखेकी उनले आफूहरूले बालविवाह र सबै प्रकारको हिंसाको बिरोध गरेरै छाड्ने प्रण लिएकी छन् ।
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

कपिलवस्तु, ०५ माघ ।
आफ्नै परिवार भित्र बालविवाह र लैङ्गिक हिंसा देखेकी कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बिठुवा कि रामरोशनी चौहान अहिले सचेतना अभियानमा छिन् । तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा स्नातक तहमा अध्यनरत रामरोशनी अहिले १८ बर्षकी पुगिन । गाउँमा गठित एकता किशोर किशोरी समूहकी अध्यक्षको नेतृत्व गर्दै उनी सचेतना अभियानमा लागेकी हुन् ।

बिहानको क्याम्पसको अध्ययन, दिनभरको घरायसी काममा सहयोग र त्यहि बिचमा समय निकालेर एकता किशोर किशोरी समूहका सदस्य र अन्य किशोर किशोरीलाई शसक्तिकरणको मार्गमा सहयोग गर्नु उनको दैनिकी नै हो । माईली दिदीको १२ बर्षमा भएको बालविवाह पछि उनीमाथि भएको लैङ्गिक हिंसा देखेकी उनमा अरूलाई त्यसबाट जोगाउनुपर्ने प्रतिबद्दता छ । त्यसैले यस्ता घटनाको गाउँ समाजमै प्रतिबाद गर्न उनी अघि लाग्छिन् ।

घरमा हजुर आमा, बुवा, आमा, दुई दाजु, भाउजु सहितको संगोलको परिवार छ । माईली दिदी बालबिवाह पछिको लैङ्गिक हिंसा सहन नसकेर अहिले एउटी छोरी सहित माईतीमै बस्छिन । बालविवाहले सृजित हिंसाको शिकारमा परेकी उनकी दिदीको भविष्यको चिन्ता परिवारलाई नै छ । “२० बर्ष अघि गाउँकी एक किशोरी केटा सँग भागेर गईछन । त्यस पछि दिदी सहित ८ जना गाउँभरका बालिकाको त्यसै बर्ष बालविवाह भएछ ।” रामरोशनीले बिगतको कथा स्मरण गर्दै भनिन् । केहि समय अघि सम्म गाउँमै छोरीले ८ कक्षा पास गरेपछि बिवाह नगरिदिने हो भने भागेर जान्छन भन्ने सोंच भएका कारण बालबिवाह हुने गरेको उनले बताईन । तर, केहि बर्ष अघि वडा बालविवाह मुक्त भए पछि खुल्लम खुल्ला बालविवाह हुन छोडेको छ । आफूहरू समूहमा एकतित्र भए पनि कुनै तालिम र अवसरमा सरिक हुन परिवारलाई मनाउन अझै समस्या पर्ने गरेको रामरोशनीले अनुभव सुनाईन । “समाज परिवर्तनमा लागेका हामी साथीहरू सफल र उदाहरणीय बन्न सक्यौं भन्ने हाम्रा बैनिहरूले हामीले भोगेका समस्या भोग्नु पर्दैन । रहर भने पनि धोको भने पनि हामी जसरी पनि सफल भएर देखाऊ भन्ने नै छ ।” उनले आँट देखाउँदै भनिन । परिवार भित्रै बालबिवाह र लैङ्गिक हिंसाको उदाहरण देखेकी उनले आफूहरूले बालविवाह र सबै प्रकारको हिंसाको बिरोध गरेरै छाड्ने प्रण लिएकी छन ।

सोही गाउँकी लक्ष्मी चौहान वास्तविक उमेरका हिसाबले १८ बर्ष मात्रै पुगेकी छन । तर उनको जन्मदर्ता बनाउँदा तिन बर्ष थपिएकाले उनको उमेर कानुनी रूपमा २१ बर्ष पुगेको देखिन्छ । कक्षा १२ मा अध्ययनरत लक्ष्मीलाई अझै उच्च शिक्षा हासिल गर्ने रहर छ । तर उनका परिवारका सदस्यले २० बर्ष उमेर पुरा भएकाले बिवाह गरेर उम्काउने सोंचमा छन । उनले परिवारका सदस्यलाई मनाउने र उनीहरूको समर्थन लिएर शिक्षालाई अगाडि बढउनु उनका लागि पहिलो चुनौती बनेको छ । तर समूहमा आबद्ध भएका कारण उनी गाउँ समाजमा मात्रै होईन आफू माथी हुन सक्ने लैङ्गिक हिंसाको कडा प्रतिवाद गर्न मानसिक रूपमै तयार भने भएकी छन । “परिवारमा मेरो बिहे गराउने हतार छ । तर म र म भित्र आएको सशक्तिकरणले अरू माथी पनि बालविवाह र लैङ्गिक हिंसाको प्रतिवाद योग्य भावना जागृत गराउनुपर्छ भन्ने भएको छ ।” लक्ष्मी भन्छिन । परिवारमा आफ्नो बिवाह तत्काल नगरिदिनका लागि उनले जिवन उपयोगी सिपको एउटा पाटो अन्तरव्यक्ति सिपको प्रयोग गरि परिवारका सदस्यले मान्दै आएका गाउँका अगुवा पूर्व वडा अध्यक्ष ओम प्रकाश पाण्डेयको सहयोग लिएर परिवारलाई मनाउने उनको योजना छ ।

मरोशनी र लक्ष्मी चौहान जस्तै आफू परिवारको दवाबमै भए पनि समूह कार्यमा अग्रसर रहँदै आएकी अर्की सदस्य हुन लक्ष्मी हरिजन । १७ बर्षमा पाईला टेकेकी लक्ष्मी अहिले तौलिहवाको बुद्धपद्यम माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत छन । छरछिमेका कारण परिवार भित्रै बिभिन्न शंका र उपशंका गरिदाँ भएको परिवारको असहयोगका कारण उनले बिगतमा बिभिन्न अवसरहरू गुमाउनु परेको सम्झिन्छिन । तर उनी समूहमा आबद्ध भए यता परिवारले उनलाई अवसर सदुपयोग गर्न केहि खुकुलो गर्दै आएको छ । समुहमा जोडिए पछि आफु शसक्त बनेको र आफना अधिकार बारे जानकार भएको लक्ष्मी बताउँछिन । “पहिले कुनै अवसर आउँदा घर बाहिर निस्क्न पाईदैन्थ्यो । बिस्तारै सामाजिक सचेतनाका कार्यमा सहभागीता जनाउन पाउन थालेका छौं ।” उनले अनुभव सुनाईन । उनले गाउँमै ९ जना अरू समूहका साथीहरू सँग मिलेर सडक नाटक, सचेतना कार्यक्रम र बिभिन्न सचेतनामुलक नारा सहितको ¥याली गराउन सफल भएकी छन् ।
उनीहरू जस्ता समूहमा आबद्ध किशोरीहरूले अझै पनि परिवार, समुदाय र छरछिमेकले आफूहरू सामाजिक परिवर्तनको कार्यमा अगाडि बढ्न फरक नजरले हेर्ने गरेको अनुभूति गर्दै आएका छन । एकता किशोर किशोरी समूहमा ७ किशोर र २० किशोरी गरि २७ जना आबद्ध छन । उनीहरू महिनामा शनिवार पारेर दुई पटक बैठक बस्छन । जहाँ सामाजिक सशक्तिकरणका मुद्दामा छलफल चल्ने गरेको छ । आईएम स्विडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा दलित सामाजिक बिकास केन्द्रद्वारा सञ्चालित “हाम्रो शक्ति” परियोजनाले समूह निर्माण गरि सचेतना र सशक्तिकरणका कार्यक्रममा सहयोग गर्दै आएको छ । परियोजनाको अबधी सकिए पनि आफूहरूले समूहलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष रामरोशनीले बताईन । परियोजनाको सहयोगमा वडामा २ वटा किशोर किशोरी समूह, २ वटा युवा समूह र ५ वटा महिला सहभागिता रहेको आत्मनिर्भर समूह रहेको परियोजनाका सामुदायिक सहजकर्ता राजकुमार गौतमले जानकारी दिए ।

ति सबै समुहले सहकार्य गरेर लैङ्गिक हिंसा न्युनिकरण, बालविवाह न्युनिकरण, दाईजो प्रथा न्यूनीकरण, सरसफाई सचेतना र सामाजिक सशक्तिकरणका लागि सचेतना प्रवाहको कार्य गर्दै आएको गौतमले बताए ।
बिठुवाका किशोर किशोरी समुहमा आबद्ध किशोरीहरू सशक्त रूपमा सामाजिक भेदभाव र लैङ्गिक हिंसाको बिरोधमा लाग्दै आएको हाम्रो शक्ति परियोजनाकी संयोजक धन कुमारी चौधरी बताउँछिन । किशोर किशोरीहरूको नेतृत्व बिकास गरि सामाजिक कुरीति र कुसंस्कारको प्रतिवाद गर्न सक्षम बनाउने योजना अनुसारको कार्यक्रम हुँदै आएको उनले जानकारी दिईन । “किशोरीहरूलाई समाज परिवर्तनको नेतृत्व लिन घर परिवारको सहयोग अपरिहार्य छ । त्यसका लागि हामी निर्णायक तहमा रहेका पुरुष अगुवा, किशोरीका परिवारका सदस्यहरू र युवा तथा किशोरहरूको सहभागीतालाई प्राथमिकता दिएर आगामी योजना बनाउदैछौं ।” संयोजक चौधरीले भनिन । किशार किशोरीको क्षमता बिकास र सशक्तिकरणका लागि स्थानीय सरकार सँग समन्वय गरेर अगाडि बढ्ने योजना रहेको उनले जनाइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?