ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

पनाहाको पक्की पुलले जोड्यो रेसुङ्गा – इस्मा

४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

गुल्मी, ०४ माघ।
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –४ र इस्मा गाउँपालिका –२ को संगम स्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि त्यहाँका मानिसहरूलाई दुई पालिकाबीच आवतजावत गर्न निकै सहज बनेको छ ।

पनाहा खोला वारपार गर्नका लागि पक्की पुल नहुँदा त्यस क्षेत्रका मानिसहरूलाई वर्षौदेखि खोला तरेर जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि यतिबेला उक्त जोखिम टरेको छ । सडक डिभिजन कार्यालय पाल्पाको रु. ५ करोड ६ लाख लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको हो ।

रेसुङ्गा नगरपालिकाको वडा नं. ४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसहरूलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताईन । खोला माथि पक्की पुल नहुँदा बर्षादको समयमा मानिसहरूलाई आधा घण्टाको दुरीमा पार गर्ने सडकमा डेढ घण्टाकोे यात्रा तय गर्नुपर्ने बाध्यता भएको स्थानीय टंकप्रसाद श्रेष्ठले बताएका छन । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, बर्षादको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर पनि भएन,” श्रेष्ठले भने ।

पक्की पुल निर्माण भएसँगै मानिसहरूलाई मात्र हैन सवारी साधनहरूबाट आवतजावत र समानहरू ढुवानी गर्न पनि सहज बनेको छ । खोलामा सवारी साधन लैजाँदा पहिले जोखिम मोल्नु पर्ने र कतिपय अबस्थामा सवारी साधनै बगाइदिने गरेको थियो । तर अहिले पुल बनेपछि उक्त जोखिम टरेपछि त्यस क्षेत्रका बासिन्दाहरूमा खुसि बनेका छन ।
निर्माण शुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको हो । ३५ मिटर लम्वाई र ११ मिटर चौडाई रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?