ट्रेंडिंग:

>> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

घडियाल गोहीको संख्या चितवनमा बढ्दै, ३५२ वटा भेटिए

४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

चितवन, ४ माघ।

चितवनका राप्ती र नारायणी नदीमा यस वर्षको गणनामा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्जले गरेको गणना अनुसार राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ गोही देखिएका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार पुस १२ गतेदेखि १४ दिनसम्मको अनुगमन कार्यमा निकुञ्जका कर्मचारी र स्थानीय माझीहरूको सहयोग रहेको थियो। यस वर्षको गणनामा २०२२ को तुलनामा गोहीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत वर्ष राप्तीमा एक सय ५२ र नारायणी नदीमा एक सय १३ वटा गोही भेटिएका थिए।

गणना रिपोर्ट अनुसार राप्ती र नारायणी नदीमा पाँच वटा भाले घडियाल भेटिएका छन्, जबकि गत वर्ष तीन वटा मात्र भेटिएका थिए। राप्ती नदीमा ४१ वटा गोही थप गरिएको थियो, जसका कारण पनि सङ्ख्यामा वृद्धि भएको थियो।

निकुञ्जले पुस महिनामा राप्ती नदीमा २० वटा नयाँ गोही पनि छोडेको जानकारी दिएको छ। यस प्रकार, अझै ४० वटा गोही थप गर्ने योजना रहेको छ।

घडियाल गोहीको संरक्षणका लागि प्रजनन केन्द्रमा हाल सात सय ३९ गोही छन्। यहाँका प्रजनन केन्द्रमा अण्डा सङ्कलन गरेर बच्चा हुर्काएर नदीमा पुनः छोडिन्छ।

घडियाल गोही अब एक सङ्कटापन्न प्रजातिको रूपमा चिनिन्छ र यसको संरक्षणका लागि विभिन्न कार्यहरू गरिएका छन्। यस प्रजाति सन् १९४० को दशकमा १० हजार भन्दा बढी थिए भने सन् १९७० मा त्यसको सङ्ख्या घटेर दुई प्रतिशत मात्र बाँकी रहन पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?