मुम्बई, ४ माघ ।
मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथि बुधबार राति भएको हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएको छ। उनलाई बान्द्रा प्रहरी चौकीमा लगिएको छ, तर प्रहरीले उनको पक्राउको बारेमा कुनै जानकारी दिएको छैन।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो। संदिग्ध व्यक्ति १५ जनवरी बिहान २:३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखिएको थियो।
यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो। लिलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए। उनका अनुसार, शल्यक्रिया गरेर उक्त टुक्रा निकालीएको छ। यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो। अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ। टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन्।



