Butwal Today

सुनको भाउ दुई दिनमा २,५०० रुपैयाँले वृद्धि

४ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ  ।

सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ। सुन आज एकै दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो। पछिल्लो तीन दिनदेखि सुनको भाउ लगातार उकालो लागेको छ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो।