Butwal Today

श्रृजनशील लघुवित्तको माघ २७ गते एजीएम साधारण सभा बस्दै

४ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ। लघुवित्तले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। यसअर्थमा यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानीसम्बन्धी हिसाबका विषयमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने जनाएको छ। यसअर्थमा माघ १७ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीको सभामा भाग लिन पाउनेछन्।