Butwal Today

बाणगंगाका दुई युवा लागूऔषधसहित पक्राउ

४ माघ २०८१, शुक्रबार
अ+
अ-

जितपुर, ४ माघ ।

लागू औषधसहित बाणगंगाका दुईजना युवा पक्राउ परेका छन् । उनीहरूलाई चाकरचौडास्थित प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट १४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाणगंगा ८ बोर्डगाउँका ३५ वर्षीय विकास परियार र बाणगंगा ४ दरखास्तका ३२ वर्षीय कमल सेन रहेका छन् ।

उनीहरूलाई बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको ग ८ प ७४४९ नम्बरको स्कुटरमा सवार अवस्थामा नियन्त्रणमा लिइएको हो । हाल प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।