ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

काठमाडौं, ३ माघ ।

सन् १९९० को दशकमा भुटानबाट विस्थापित भुटानिज शरणार्थीहरूको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ बन्ने भएको छ। यो चलचित्र भुटानबाट नेपाली भाषीहरूलाई लखेट्ने, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासका क्रममा देखिएका द्धन्द्धलाई प्रस्तुत गर्ने उद्देश्यले निर्माण हुने जनाइएको छ।

‘ल्हो–छाम्पा’ शब्द भुटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपाली समुदायलाई चिनाउने शब्द हो। यस चलचित्रको निर्माण अर्जुन सुवेदीले गर्नेछन्, जो अहिले अमेरिकामा बसोबास गर्दैछन् र नक्षत्र लाइभ म्युजिक र नक्षत्र फाउन्डेशनमार्फत नेपाली संगीत र कला क्षेत्रमा योगदान पुर्याइरहेका छन्।

सुवेदीले भने, “मैले भोगेका कठिनाइ र असाध्यायी समयलाई आगामी पुस्तासम्म पुर्याउने उद्देश्यले यो चलचित्र निर्माण गर्दैछु। यसलाई दृश्यको माध्यमबाट संरक्षित गर्न चाहन्छु ताकि हाम्रो पीडा र स्मृतिहरू भविष्यमा पनि जीवित रहोस्।”

चलचित्रको निर्देशन नरेशकुमार केसीले गर्नेछन्, जसको यो तेस्रो निर्देशकीय प्रयास हुनेछ। उनले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता चलचित्रहरू निर्देशन गरेका छन्। नरेशले यो चलचित्रले स्मृति र पहिचानसँगको सम्बन्धलाई प्रस्तुत गर्ने बताएका छन्। उनले भने, “जहाँ मान्छे जान्छ, उसको स्मृति सँगै जान्छ। यो चलचित्रले स्मृति र भूगोलसँग जोडिएको पहिचानको कथा पनि प्रस्तुत गर्नेछ।”

पटकथा सामीप्यराज तिमल्सेना र संगीत अर्जुन पोखरेलको रहने छ। पोखरेलले चलचित्रको कथासँग मेल खाने गरी गीत तयार गरिने जानकारी दिएका छन्।

यस चलचित्रको कलाकार र प्राविधिक टोलीको चयन भने अझै बाँकी छ। निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकहरूको नाम सार्वजनिक गर्ने बताएका छन्। चलचित्रको सुटिङ आगामी वैशाखको दोस्रो हप्तादेखि सुरु हुने योजना छ।

सारांश:
चलचित्र ‘ल्हो–छाम्पा’ भुटानिज शरणार्थीहरूको कठिन यात्रा र पीडालाई केन्द्रित गर्दै बन्ने भएको छ। अर्जुन सुवेदीको निर्माण, नरेशकुमार केसीको निर्देशन र सामीप्यराज तिमल्सेना तथा अर्जुन पोखरेलको सहकार्यमा यो चलचित्र आगामी वर्षको मध्यतिर सुटिङ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?