ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

मौद्रिक नीति र यसका उद्देश्यहरू

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

जुनसुकै मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले तयार गर्छ । देशको सम्पूर्ण आर्थिक स्थायित्व कायम गर्दै मुलुकको उत्पादन, रोजगारी र बैंक तथा वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई बलियो बनाउने तथा आर्थिक क्रियाकलापको विस्तारमा सहयोग पु¥याउन नेपाल राष्ट्र बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिको कार्यभार मुद्रास्फीति र वाह्य क्षेत्रलाई नियन्त्रणमा राख्दै वित्तीय क्षेत्र र समग्र आर्थिक क्षेत्रको स्थायित्वका लागि काम गर्ने हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापनबाट आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा गर्न सहयोग पु¥याउने काम गर्दछ । नेपालमा नेपाल राष्ट्र बैक ऐन २०५८ जारी भएपछि आ.व. २०५९/६० बाट नेपालको केन्द्रीय बैकले प्रत्येक वर्ष सरकारले बजेट पारित गरेपछि बजेटलाई अनुकूल हुने गरी मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।

अर्थतन्त्रमा मुद्राको स्तर कति हुनुुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा बढी उपभोग हुनुपर्छ भन्ने कुरा मौद्रिक नीतिले नै तय गर्दछ । प्रत्येक वर्ष बजेट सार्वजनिक भएपछि नेपालको केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दछ । ब्याजदर समायोजन गर्नु, विदेशी विनिमय बजारमा प्रत्यक्ष रूपमा हस्तक्षेप (खुला बजार सञ्चालन) सँगसँगै विनिमय दर कायम राख्ने मौद्रिक नीतिका महत्वपूर्ण उपकरणहरू हुन । मुद्रास्फीतिलाई प्रत्यक्ष रूपमा लक्षित गर्ने केन्द्रीय बैंकको लागि, ब्याजदर समायोजन, मौद्रिक नीति प्रसारण संयन्त्रको लागि महत्वपूर्ण हुन्छ ।

जसले प्रत्यक्षरूपमा मुद्रास्फितिलाई प्रभाव पार्ने गर्दछ । नेपाल सरकारले ल्याएको नीति कार्यान्वयन नहुने अवस्था सृजना हुँदै आएपछि सर्वसाधारणको आशा, भरोसा मौद्रिक नीतितर्फ बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत स्वरोजगारको व्यवस्था गरोस् भन्ने अपेक्षा सर्वसाधारणको हुन्छ । राष्ट्र बैंकले मूल्यवृद्धि वा महँगी मापन गर्न विभिन्न वस्तु तथा सेवा क्षेत्रको फरक फरक नीति ल्याउने गर्दछ । अब आउने दिनमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले दिने ऋणको ब्याज घट्ला कि बढ्ला ? बैंकमा पैसा जम्मा गर्दा पाइने ब्याजको दर घट्ला कि बढ्ला ? बैंक तथा वितीय संस्थाहरूबाट ऋण लिएर व्यवसाय गर्नका लागि बैंकले ऋण देला कि नदेला ? महँगी अझै उकालोे लाग्ला कि घटला ? जस्ता प्रश्नको जवाफ मौद्रिक नीतिले दिन्छ ।

हरेक ३ महिनामा मौद्रिक नीति माथि समीक्षा गरिन्छ । यसमा अर्थव्यवस्थाको अवस्था हेर्दै राष्ट्र बैंकले आवश्यक निर्णय लिने गर्छ । कुनै व्यक्तिले बैंकबाट ऋण लिएर कारोबार गर्ने वा बचत खातामा निक्षेप गर्दा तय हुने ब्याजदर सबैमा मौद्रिक नीतिले प्रत्यक्ष रूपमा प्रभाव पार्छ । बचत तथा ऋण सहकारी संस्थाका लागि अलग्गै नियमनकारी निकाय गठन गरिने व्यवस्था मौद्रिक नीतिमा छ ।

मौद्रिक नीतिका उद्देश्यहरू
— वर्तमान समयमा देशमा पूर्ण रोजगारीको अवस्था सिर्जना गर्नु मौद्रिक नीतिको पहिलो उद्देश्य हो । पूर्ण रोजगारीको अवस्थामा बचत र लगानी बीचको सन्तुलनको अवस्था हो । बचत र लगानी बढेमा उत्पादनमा वृद्धि हुन्छ ।

— विनिमय दरमा स्थिरता ल्याउनु मौद्रिक नीतिको मूख्य उद्देश्य हो । विनिमय दरमा अस्थिरता हुँदा अन्तर्राष्ट्रिय व्यापार तथा भुक्तानी सन्तुलनमा नकारात्मक असर पर्ने हुँदा आन्तरिक रूपमा मूल्य स्थिर गराउने र विनिमय दरलाई निर्धारित स्तरमा राख्ने काम मौद्रिक नीतिले गर्छ ।

— अर्थतन्त्रमा मूल्यमा भएको अस्थिरताले आय, उत्पादन, बेरोजगारी र कृत्रिम अभाव जस्ता आर्थिक विकृतिहरू ल्याउने हुँदा मुद्रास्फिति र मुद्रा सङ्कुचनको प्रभाव पर्न नदिनु मौद्रिक नीतिको प्रमुख उद्देश्य हो ।

–मौद्रिक तरलता कायम गर्नु मौद्रिक नीतिको प्रमुख उद्देश्य हो । बैंक वा वित्तीय संस्थामा मुद्रा बढी हुनु पनि राम्रो होइन भने मुद्रा घटी हुनु पनि राम्रो होइन । मुद्रा परिवर्तनले अर्थतन्त्रमा समस्या ल्याउँछ । यसले व्यापार चक्र (समृद्धि र मन्दीको अवस्था) ल्याउने हुँदा आर्थिक प्रणालीमा प्रभाव पार्छ । मौद्रिक परिवर्तनले माग र पूर्ति एवं उत्पादन र उपभोगबीच असन्तुलन ल्याउने गर्दछ ।

— मौद्रिक नीतिको अर्को उद्देश्य देशको आर्थिक विकासको गतिलाई तीव्र पार्ने पनि हो । आर्थिक विकास तथा दीर्घकालीन योजनाका लागि उत्पादन, आम्दानी तथा रोजगारीमा निरन्तर वृद्धि ल्याउनु पर्छ । जनताको जीवनस्तरमा सुधारका साथै अर्थतन्त्रका समग्र आयामहरूमा सकारात्मक परिवर्तन र प्रगतिमार्फत आर्थिक विकास गर्नु मौद्रिक नीतिको उद्देश्य हो ।

२०८१ र ८२ को मौद्रिक नीति
— मुद्रास्फितीलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा असर पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जानकारी दिइएको छ ।

— कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने, ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने जस्ता लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

–मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ ।

— ब्याजदर कोरिडरको तल्लो सीमाको रूपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

–आयातका लागि ड्राफ्ट र टिटीका माध्यमबाट हुने मुद्रा सटही सुविधाको विद्यमान सिमा ३५ हजार डलरबाट ५० हजार अमेरिकी डलर कायम भएको छ ।

— राष्ट्र बैंकले विदेशी विनियममा लिएको कडा नीतिलाई खुकुलो बनाएको छ । बैंकहरूमा विदेशी मुद्राको बढ्दो अवस्थामा रहेकाले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत नीति लचिलो बनाएको हो ।

— आयातका लागि ६० हजार डलर तोकिएको सिमा १ लाख डलर पुर्याइएको छ । नेपालमा खोलिएको परिवत्र्य खाताबाट भुक्तानी गर्न सक्ने सिमा खुकुलो बनाइएको छ ।

— सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने केन्द्रीय राष्ट्र बैंकले जनाएको छ ।

— मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फप्रवाह हुने कर्जा १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा२०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतलेबढेकोे छ ।

निष्कर्षमाः नेपालको मौद्रिक नीतिले अर्थतन्त्रको स्थायित्व र समृद्धि सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यी नीतिहरूले मुद्रास्फितिलाई नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक वृद्धि र समृद्धिमा योगदान पु¥याउने उद्देश्यसँगै नेपाल राष्ट्र बैंकले २०८१ र ८२ को मौद्रिक नीतिमा मुद्रास्फितिलाई नियन्त्रणमा राख्न, विदेशी विनिमय सञ्चिति बढाउन र आर्थिक वृद्धि लक्षित गरी कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने लक्ष्य राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?