ट्रेंडिंग:

>> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने

जनताको संवृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्न आग्रह

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

बुटवल, ०३ माघ ।
मुलुकको आर्थिक विकास र जनताको सम्वृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने पनि वक्ताहरूको सुझाव छ । रूपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वनको २९ औं बार्षिक साधारण सभामा बोल्दै वक्ताहरूले वनमा आधारित उद्यमलाइ प्राथमिकता दिनुपर्ने बताए ।

साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले वनको दीगो व्यवस्थापनमा उपभोक्ताहरूको योगदान महत्वपूर्ण रहेको बताईन् । उपप्रमुख अर्यालले प्रकृतिलाई सन्तुलन गर्नु सवैको दायित्व भएको बताउँदै वनबाट आम्दानी लिन सक्नुपर्ने बताए । कार्यक्रममा डिभिजन वन कार्यालय रूपन्देहीका प्रमुख प्रविण विडारीले वन, वातावरण र प्रकृतिमाथिको असन्तुलित विकासले समस्या निम्तिने बताए । उनले २३ हजारभन्दा धेरै सामुदायिक वनले सकारात्मक काम गरिरहेको बताउँदै वन क्षेत्रलाई हरेक किसिमले अतिक्रमणको चुनौतिबाट जोगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय कार्यसमिति सदस्य दिनानाथ आर्चायले शहर नजिकै रहेका सामुदायिक वनमा पर्यटन प्रर्वधन गर्न सकिने प्रसस्त सम्भावन रहेको बताए । उनले बुटवल र यसआसपासका वनहरूको महत्वलाई उजागर गरेर पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा पुर्व नगरप्रमुख शिवराज सुवेदीले वनलाई इको पर्यटनसंग जोडेर समुदायको रोजगारीमा उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनोज गौचनले वन व्यवस्थापनमा उपभोक्ताले निकै योगदान दिएको बताउँदै समूहले संघसंस्था, मठमन्दीर, विद्यालय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको जानकारी दिए । कार्यक्रममा अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, निवर्तमान अध्यक्ष नारायण घिमिरे, नेपाली काग्रेसका नगर सभापति ज्योति भण्डारी, नेकपा एमालेका नगर अध्यक्ष शोभाखर पोखरेल, नेकपा माओवादीका डम्मर बहादुर गौचन, रास्वपाका राजन पाण्डे, लगायतले वन र वातावरण संरक्षण गर्दै समुदायको आयआर्जनमा टेवा पुराउने खालका योजना अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए । उपभोक्ता समूहकी सचिव श्यामकली आर्चाय, उपाध्यक्ष मानकुमारी साठीघरे, लेखा समितिका संयोजक हरिप्रसाद रेग्मी लगायतले बोलेकाथिए । साधारण सभाले अध्यक्ष गौचनले पेस गरेका प्रस्ताव बार्षिक अनुमानित बजेट, प्रस्ताविक विधान परिमार्जित, मस्यौदा माथि छलफल गरी सुझावसहित पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?