ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

एमाले–काँग्रेसको संयुक्त सरकारपछि देशको अर्थतन्त्र लयमाः योगेश भट्टराई

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

काठमाडौं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् ।

बुधबार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले शेयर बजार सकारात्मक भएको बताए । यसबाट शेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश गएको भट्टराईको भनाइ छ ।

अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइयो भन्ने कुरामा पनि कुनै सत्यता नरहेको भट्टराईले बताए । एउटा अधिवेशन समाप्त भएको ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने कानुनी प्रावधान भएको बताउँदै भट्टराईले त्यसको लागि अझै एक डेढ महिना समय बाँकी रहेको उनले स्पष्ट पारे । संसद् बस्ने बित्तिकै अध्यादेश संसदमा जाने भएकाले सरकारले संसद् छल्न नसक्ने भट्टराईको भनाइ छ ।

नेपालका कतिपय कानुनहरू निकै पुराना भएका र कतिपय कानुन एक अर्कासँग बाझिने खालका भएका कारण त्यसलाई सहज बनाउन सरकारले अध्यादेश ल्याएको भट्टराईले स्पष्ट पारे । देशमा लगानीमैत्री वातावरण बनाउन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्न ती अध्यादेशहरू ल्याइएको भट्टराईले बताए ।

सरकारले ६ महिनामा कति काम ग¥यो गरेन भन्ने कुरा आमनागरिकले समीक्षा गरिरहेका बताउँदै भट्टराईले एमालेले सरकारको नेतृत्व लिँदा देश निक्कै सङ्कटको अवस्थामा रहेको कुरा बिर्सन नहुने बताए । अर्थतन्त्रलाई लयमा ल्याउन, विश्व समुदाय समक्ष आत्मसम्मानको साथ नेपालको पहिचान स्थापित गर्न, देश भित्रको एकता सुदृढ गर्न, नागरिकमा आत्मविश्वास बढाउन र लोकतन्त्रलाई सुदृढ बनाउन सात बुँदे सहमतिका आधारमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले बताए । ‘अहिलेको सरकार त्यो सात बुँद सहमति प्रति प्रतिबद्ध छ, त्यसलाई नै अहिलेको कमको मार्गदर्शन मान्दै अघि बढेको छ’, उनले भने ।

विगतका सरकारले कायम गरेको दायित्व भुक्तानी गर्ने काम अहिलेको सरकारले गर्नुपरेको कारण सरकारले विकास निर्माणका काम जुन रूपमा अघि बढाउनु पर्ने हो त्यस हिसाबले गर्न नसकेको भट्टराईको भनाइ छ । अहिले वैदेशिक मुद्राको सञ्चिति पनि पर्याप्त भएकोले आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए । आर्थिक वृद्धिदर पनि चार प्रतिशत माथि नै हुने स्थिति बन्दै गएकोले देशको समृद्धिको अवस्था आसलाग्दो भएको उनले प्रष्ट पारे ।

भट्टराईले नेपाल र चीनबिच भएको बिआरआई सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्ने बताए । बिआरआई परियोजना कार्यान्वयनको लागि सरकार एकताबद्ध भएर लागेको उनले स्पष्ट पारे ।

देशमा भएको राजनैतिक अस्थिरताको अन्त्य गरी सुशासन र पारदर्शितासँगै दिगो विकासका उद्देश्यले दुई ठूला दल मिलेर यो सरकार बनेको बताउँदै भट्टराईले २०८४ को चुनावसम्म कांग्रेस र एमालेको सरकार चल्ने पनि बताए । सरकार ढल्छ भनि गरिएका प्रचार हल्ला मात्रै भएका भट्टराईको भनाइ छ ।

सरकारको स्थायित्व नहुँदा विकास र समृद्धिमा असर परेको बताउँदै सरकारको स्थायित्वको लागि उपयुक्त विकल्प सहित सबै दल मिलेर संविधान संशोधन गर्ने उनले बताए । स्थानीय तहको सङ्ख्या बढी भएको कारण प्रशासनिक खर्च बढेको र योग्य नेतृत्व नहुँदा समस्या देखिएकोले स्थानीय तह घटाई वडालाई अधिकार सहित व्यवस्थित गर्नु पर्ने उनको धारणा छ ।

प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको सम्मेलनमा जिल्लास्थित सञ्चारकर्मी तथा एमाले नेताहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?